कालिकोट । आफ्नो कार्य संचालन गरेको पहिलो वर्षमै गाउँपालिकाका बेरोजगार युवाहरुलाई रोजगारी दिएर चर्चामा आएको जिल्लाको पलाता गाउँपालिकाका तीन सय ७५ जनाको रोजगारि खोसिएको छ । नेकपा पलाता गाउँकमिटी र पलाता सरकारबीचको पटकपटकको विवादका कारण बिभिन्न क्षेत्रमा रोजगारी दिएका पलाँताका कर्मचारीको रोजगारी खोसिएको हो ।
रोजगारी खोसिनेमा पलाँता निमार्ण कार्यदलका सदस्यदेखि स्वास्थ्यकर्मी, सञ्चाकर्मी, स्वयमसेविका समेत रहेका छन । पलाँता गाउँपालिकाले २०७६ साल साउन एक गतेबाट मासिक छ हजार तलव दिने गरी राखिएका महिला स्वास्थ्य स्वयमसेविकाले पनि रोजगारी गुमाउनु परेको छ । रोजगारी गुमाउनेहरुमा एक सय ५५ जना पलाँता निमार्ण कार्यदलका सदस्य, ४२ जना चौकिदार, ३२ जना स्वास्थ्यकर्मी, ३० जना स्वयमसेविका, १८ जना खेल शिक्षक, कम्युटर शिक्षक र बिद्यालय कर्मचारी, १४ जना बिद्युतका कर्मचारी, १५ जना कार्यालय सहयोगी, दुई जना कृषि प्राबिधिक लगाएत रहेका छन् । योसंगै रेडियो पलाँता एम एम १०३.६ मेगाहर्जका सात जना कर्मचारीको समेत रोजगारी गुमेको छ । सञ्चारकर्मीले रेडियो पलातामा ताला लगाएर उनिहरु घर फर्केका छन् ।
नेकपा पलाँता र स्थानीय सरकार बिचको विवादका कारणले तीन सय ७५ जनाको रोजगारी गुमेको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । आफुले पलाँता बिकासका लागि ल्याएको रोजगारीमुलक योजना र कोरोनाको त्रासमा रहेका नागरिकको उद्धारका लागि आफुले ल्याएको योजना बिफल गर्ने योजना भएको बताए । अध्यक्ष बमले पलाँता पार्टीमा भएको बिवादले निर्दोष नागरिक पलाँताका केही स्थानीय नेताको वली हुनु परेको प्रतिक्रिया दिए । अध्यक्ष बमले पार्टीमा हुने आन्तरिक बिवाद समाधानको हतियार कर्मचारी नभएको भन्दै आन्तरिक छलफलका आधारमा उनिहरुको रोजगारीको पुर्नवहाली हुनु पर्ने बताए ।
दुई पार्टी एकताको क्रमको पलाँता नेकपाको भेलामा भएको सामान्य बिवादले नेकपा र पलाँता सरकारबीच बिवाद सुरु भएको थियो । सोही बिवाद उत्कर्षमा पुगेपछि गाउँपालिका अध्यक्ष र नेकपा गाउँपालिका अध्यक्षबीच गत बैशाख २८ गते झडप समेत भएको थियो । त्यसपछि नेकपा पलाँताको मागको वुदा नम्बर पाँचमा पालाता निमार्ण कार्यादललाई लक्ष्मण बमका ब्यक्तिगत सेना हटाउनु पर्ने माग गरिएको थियो । तर जिल्ला पार्टीले निमार्ण कार्यादल नहटाने भनिएको थियो । तर अन्तमा आएर गाउँसभामा निमार्ण कार्यादलका लागि बजेट समेत छुटाउन नदिएपछि स्वत कार्यदल खारेज गर्नु परेको पलाँता अध्यक्ष बमको भनाई रहेको छ ।
नेकपा कालीकोटका सचिव नगेन्द्र शाहीले भने आन्तरिक बिवाद मात्र मिलाएको तर कर्मचारी हटाउने कुरामा कुनै कुरा नभएको प्रतिक्रिया दिए। यस्तै नेकपा पलाता गाउँकमिटी अध्यक्ष इन्र्दबहादुर रोकायाले पलाता सरकारले आर्थिक भार धान्न नसकेर करार कर्मचारी हटाएको आरोप लगाएका छन् । उनले भने, तीन चार सय करार कर्मचारिको गाउँपालिकामा आवश्यकता छैन ।’ अनावश्यक करारमा कर्मचारी भर्ती गरेर अहिले आएर आर्थिक भार धान्न नसकेर पार्टीले जागिर खोसेको भनी आरोप लगाएको बताए ।
जिल्लाका स्थानिय नागरिकहरुले, सरकारले पाटिले गर्दा कर्मचारीको जागिर गएको भन्नु गलत रहेको बताएका छन् । करारमा कर्मचारि राख्ने सरकार, बेरोजगारी युवाहरुलाई रोजगारी दिन बनेको निर्माण कार्यदल बनाउने पनि सरकार तर, नेकपा पार्टीले रोजगारी खोसियो भन्नु सरकारको कमजोरी रहेको नागरिकको आरोप छ । यसैबीच जिल्लाकै दुगैम क्षेत्रमा सञ्चालिक रेडियो पलाँता एफ एमका संञ्चारकर्मीलाई जागिर हटाउनु दुखद् भएको भन्दै नेपाल पत्रकार महासंघ कालिकोट शाखाले तत्काल पुनरवाहालि गर्न आग्रह गरेको छ । अहिले पलाता गाउँपालिकाका विभिन्न सांखामा ताला लगाएर कर्मचारि घर गएका छन ।






