काभ्रेको मण्डनदेउपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

काभ्रेपलाञ्चोक । जिल्लामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा ७का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले बताए । उनकाअनुसार संक्रमितको धुलिखेल अस्पतालमा आइसोलेशनमा उपचार भइरहेको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७पुगेको कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार संक्रमितमध्ये २५ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिकी मध्यावधि निर्वाचन : सर्वेक्षणमा डेमोक्रेटलाई अग्रता, ट्रम्पलाई धक्का लाग्ने सम्भावना