मत्स्येन्द्रनाथको रथारोहण पुनः स्थगित

ललितपुर । साउन १० गते अर्थात् नागपञ्चमीको दिन १२ बजेर ५ मिनेटदेखि १२ बजेर २५ मिनेटभित्रको साइतमा मत्स्येन्द्रनाथको रथारोहण गर्ने निर्णय पुनः स्थगित गरिएको छ । रातो मत्स्येन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषिले मणिमण्डपस्थित सोहखुट्टे पार्टीमा बसेर पर्सि शनिबारका लागि रथयात्राको उत्तम साइत निकालेका थिए, तर बुधबार राति रथयात्रा पुनः स्थगित गर्ने निर्णय भएको छ ।

कोरोना भाइरसको महामारीले गर्दा ३ महिना रोकिएको यात्रा पर्सी शनिबार नागपन्चमका दिन सुरु गर्ने तयारी भए पनि कोरोना सक्रमणको जोखिम नै रहेको भन्दै गुठी संस्थान शाखा कार्यालय ललितपुरले फेरि स्थगित गर्ने निर्णय गरेको छ ।

लकडाउन खुलेसँगै ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण आउने साउन १० गते गर्ने निर्णय गरेको गुठीले हिजो फेरि एकाएक कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै रथारोहण स्थगित गरेको जनाएको छ । रथारोहण स्थगीत भएसँगै कहिले रथयात्रा हुने त्यो पनि अन्यौल भएको कार्यालयले जनाएको छ ।

साउन १० गते नागपन्चमीका दिनको साइत ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको थियो । रातो मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबारका लागि साइत निकालेका थिए । पटक पटक ज्योतिषसंग साइत निकालेर रथारोहण गर्ने कार्य अघि बढेपनि कोरोनाको जोखिम नटरेपछि रथारोहण र जात्रा स्थगित हुदै आएको छ । अब अर्को साइत निकालेर मात्र रथारोहणको कार्य अघि बढाउने कार्यालयका प्रमख राजन भुजुले बताए ।

रथको ढोका झ्याल, ब्यामो, घमालगायत रथलाई आवश्यक पर्ने वस्तू हाल्न बाँकी रहेको बाराही नाइके दिलकुमार बाराही बताउँछन् । रथको ऋङ्गार गर्ने काम रथारोहण अघिसम्म पनि गरिने चलन छ । मच्छिन्द्रनाथसँगै मीननाथको रथलाई पनि तयारी अवस्थामा राखीएको छ । हाल मिननाथको रथ टंगलमा छ भने मच्छिन्द्रनाथको रथ पुल्चोकमा छ ।

समाचार पुनः सम्पादन गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 503 times, 1 visits today)

epaper

ताजा समाचार

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु