ब्राउन सुगरसहित दैलेखमा दुई जना पक्राउ

सांकेतिक तस्वीर

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । सुर्खेतदेखि दैलेख बजार आउँदै गरेको देउती नागरिक यातायातको हाइसबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

हाईसमा शंका लागि प्रहरीले चेकजाँच गर्दा नारायण नगरपालिका–८ ठालुडाँडा भन्ने स्थानबाट दुई जनालाई पक्राउ गरिएको दैलेखका प्रहरी प्रमुख हरीबहादुर वलीले बताए ।

पक्राउ पर्नेमा नारायण नगरपालिका–८ बस्ने २० वर्षीया क्षितिज शाही र नगरपालिका–१ बस्ने २९ वर्षीया नितन थापा रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ६ पुरिया ब्राउन सुगर धुलो बरामद गरिएको प्रहरी प्रमुख वलीले बताए । उनीहरूमा माथि थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ