जंगली विषालु च्याउ खाँदा आमाछोराको मृत्यु

डडेलधुरा । डडेल्धुराको नवदुर्गा गाउपालिका वडा नं. ३ मा जंगली च्याउ खाँदा ८ वर्षीय बालकको मृत्यु भएको ३ दिन पछि मंलगबार आमाको पनि मृत्यु भएको छ ।

साउन १० गते बेलुका जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा एकै परिवारका ५ जना विरामी भएका थिए । विरामी मध्ये ८ वर्षीय बालकको उपचारका लागी लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो र अन्य ४ जनाको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको थियो ।

उपचारकै क्रममा मृतक बालककी आमा विस्ना धामीको मंगलबार अस्पतालमै मृत्यु भएको छ । उनकी तीन छोरीको पनि सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भईरहेको र एक जनाको स्वास्थ्य अवस्था गम्भीर भएकोले आईसीयुमा राखेर उपचार भईरहेको अस्पताल स्रोतले बताएको छ । जंगली विषालु च्याउ खाएका पाँचै जनालाई डडेल्धुरा अस्पतालले उपचारका रिफर गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

epaper

ताजा समाचार

आईसीसी विश्वकप लिग–२ क्रिकेट : नेपालद्वारा यूएईलाई २०१ रनको लक्ष्य