वडाध्यक्षको सही कीर्ते गर्ने ४ जनालाई एक वर्ष कैद, १८ हजार जरिवाना

लमजुङ । लमजुङमा एक वडाध्यक्षको दस्तखत कीर्ते गर्ने चार जनालाई जिल्ला आदालतले जनही एक वर्ष कैद, १८ हजार जरिवाना गरेको छ । जग्गा किन्ने, बेच्ने र त्यस्तो चाजोपाजो मिलाउनेहरू ६ जनालाई जिल्ला अदालतले त्यस्तै सजाय तोकेको हो ।

बेसीशहर नगरपालिका– ४ पुरानकोट निवासी गनमाया गुरुङले आफ्नो ३२ रोपनी १५ आना जग्गा चितवनका पुरुषोत्तम वाग्लेलाई विक्री गर्ने क्रममा वडाध्यक्षको दस्तखत कीर्ते भएको जिल्ला अदालतको ठहर छ । अदालतबाट सजाय तोकिएकाहरूमा कीर्ते गर्ने ठहर भएका बेसीशहर नगरपालिका– ३ का काजीमान दमै, सोही नपा– ४ की हरीमाया गुरुङ, बेसीशहर नगरपालिका– ८ का बसन्त बराल र बेसीशहर– ९ का मिलन गुरुङलाई एक एक वर्ष कैद र १८ हजार रुपैयाँका दरले जरीवाना तोकिएको जिल्ला अदालतका स्रेस्तेदार जगतबहादुर भण्डारीले बताए । उनका अनुसार उनीहरू चारैजनालाई लिखत कसुर र ठगी मुद्दामा सजाय भएको हो ।

त्यस्तै उक्त जग्गा किन्ने दुई जनालाई ठगी मुद्दामा सजाय भएको छ । उनीहरू नुवाकोट जिल्ला सेक्रेका विनोद तामाङ र काभ्रे जिल्लाको सिपाली चिलाउने निवासी बुद्ध लामालाई जनही आठ मिहना कैद सजाय र ८÷८ हजार जरिवाना भएको जिल्ला अदालतका स्रेस्तेदार भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले उक्त फैसला गरेको हो । ती सबै जना यसअघि नै पुर्पपक्षका लागि थुनामा रहेको हुँदा कैद भुक्तान गरी जरीवाना रकम तिरेर रिहा भएको भण्डारीले बताए ।

उनीहरूका विरुद्धमा उक्त वडाका अध्यक्ष लालबीर गुरुङले उजुरी दिएका थिए । ती चार जना व्यक्तिले यसअघि पनि आफ्नो गाउँका डुकबीर गुरुङका दुई श्रीमती सुनसरी र गनमायाको नाउँमा हरेको ४४ रोपन ९ आना ३ पैसा जग्गा कीर्ते गरी विक्री गरेको नुवाकोटका तामाङ र काभ्रेका लामालाई प्रहरीले पक्राउ गरी कारबाही गरिसकेको हो, पटक पटक यस्तो हुन लागेपछि आफूले उजुरी गरेको वडाध्यक्ष गुरुङले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी