काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स सम्पन्न भएको छ । कोर्समा ट्राइयाथलन र पौडीसँग सम्बन्धित २५ प्रशिक्षकहरूले सहभागिता जनाएका थिए । प्रशिशक्षार्थीहरूलाई सिंगापुरका प्रशिक्षक युजित लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गरेका थिए ।
कोभिड–१९ का कारण खेल गतिविधि ठप्प भइरहेको अवस्थामा प्रशिक्षकहरूलाई पौडीसम्बन्धी ज्ञान प्रदान गर्दै प्रशिक्षकको स्तर वृद्धि गर्न संघले निकै नै महŒवपूर्ण भूमिका निर्वाह गरेको प्रशिक्षणमा सहभागी प्रशिक्षकहरूले बताए । प्रशिक्षक लिले पौडी प्रशिक्षणसम्बन्धी उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेलसम्बन्धी विशेष ज्ञान प्रदान गरेका थिए ।
प्रशिक्षकहरूले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठूलो सहयोग पुग्नुका साथै भइरहेका खेलाडीहरूको स्तर वृद्धि गर्नसमेत ठूलो सहयोग पुग्ने संघको विश्वास रहेको छ । प्रशिक्षणको अन्तिम दिन समापनमा यस कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रशिक्षक युजिन ली र प्रशिक्षार्थी प्रशिक्षकहरूलाई धन्यवाद प्रदान गरे । उनले यस कार्यक्रमलाई संचालन गर्न विशेष भूमिका खेल्नुहुने संघका महासचिव युवराज सुनुवारलाई विशेष धन्यवाद व्यक्त गरे ।
प्रशिक्षार्थीहरूले प्राप्त गरेका ज्ञानले आगामी दिनमा खेलाडीहरूको स्तर वृद्धि गर्न निर्क मद्दत पुग्ने र आगामी दिनमा नयाँ खेलाडी उत्पादन गर्न मद्दत पुग्ने बताए । वल्र्ड कोचेज एकेडेमीले चिन, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्स सञ्चालन गरिसकेको छ ।






