पाँचथरमा अनलाइनबाटै पालम प्रतियोगिता

पाँचथर । पहिलोपल्ट आयोजना गरिएको विश्वव्यापी अनलाइन पालाम गायन प्रतियोगितामा ताप्लेजुङ फुङलिङकी सुनिता लाबुङ प्रथम भएकी छन् ।

साढे तीन सयभन्दा बढी प्रतिस्पर्धीबाट सुनिता प्रथम छानिएकी हुन् । उनले ५० हजार रुपैयाँसहित ताम्रपत्र प्राप्त गर्दै छिन् । पालाम, याक्थुङ (लिम्बु) जातिको लोकप्रिय नाच, धाननाचको क्रममा गाइने लोकलय हो ।

प्रतियोगितामा शिवकुमार सम्बाहाम्फे द्वितीय, सुनिता सङ्यक तृतीय, त्यस्तै पेपराज माबोहाङ र शान्तिराम खरेल सान्त्वना भए । उनीहरूले क्रमशः नगद ४० हजार रुपैयाँ, ३० हजार रुपैयाँ र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । आयोजकले विभिन्न टाइटल जित्ने अन्य १० जनालाई जनही १० हजार रुपैयाँ प्रदान गरेको छ ।

याक्थुङ समुदायमा हुने विवाह कर्म, मेला, हाट र विभिन्न उत्सवहरूमा धान नाच्दै गाइने पालाम पछिल्लो समय सार्वजनिक सभा, समारोहमा मात्र सीमित हुन थालेको देखिन्छ । त्यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको आयोजक याक्थुङ कल्चरल गु्रपका संयोजक सीता तुम्खेवाले बताइन् ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
शीर्ष नेताका आफन्त कसले जिते, कसले हारे ?