राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको संक्रम बढन थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्धिविधामा छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर क्षेत्रका शैक्षिक संस्था खोल्ने तयारी गरेको थियो । यसका लागि असार १५ गतेदेखि विद्यार्थी भर्ना आह्वान गरेको थियो । साउनदेखि विद्यालय चलाउने वातावरण बनेन । भदौदेखि पनि विद्यालय चल्नेजस्तो वातावरण नदेखिएको अभिभावकको गुनासो छ ।
शिक्षा मन्त्रालयले भदौदेखि विद्यालय सञ्चालन गर्ने गरी तयारी गरेको सूचना सार्वजनिक गरेकामा साउन तेस्रो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्कन आह्वान गरेसँगै अन्योल बढेको उनले बताए ।
गोकणेश्वर नगरपालिकाले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय गरी साउन १८ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय नगर शिक्षा समितिको बैठकबाट गरेको थियो । नगरपालिका शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल संस्थागत एवं सामुदायिक विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको बताउछन् ।
शङ्खरापुर नगरपालिका शिक्षा शाखाप्रमुख बोधराज निरौलाले केन्द्रीय तहबाट विद्यालय खोल्ने सम्बन्धमा फरक फरक पत्र आएकाले स्थानीय तहबाट कुनै निर्णय नभएको बताए । कोरोना भाइरसको सङक्रमढा बढिरहेकाले सयौँ विद्यार्थी जम्मा गरेर कक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिए ।
बुढानीलकण्ठ नगरपालिकाले पनि यसअछि नै विद्यालय सञ्चालन गर्ने निर्ण गरेकामा राजधानीमा कोरोनाको संक्रमण बढदै गएपछि अन्योल भएको नगरपालिकाको शिक्षा शाखाप्रमुख जगन्नाथ उपाध्याय मन्त्रालयबाट साउन १२ गते भएको परिपत्र अनुसार भदौ १ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरेकामा पछिल्लो समय नगर क्षेत्रमै संक्रमण बढन थालेकाले अन्योल देखिएको बताछन् ।






