Thursday, October 1, 2020
Home Exclusive सानादेखि गगनचुम्बी भवन बनाउन सहज

सानादेखि गगनचुम्बी भवन बनाउन सहज

राष्ट्रिय भवन संहिता अद्यावधिक

काठमाडौं । नेपालमा अब साना ठूला सबै किसिमका भवन भूकम्पप्रतिरोधी बनाउन सहज हुने गरी बाटो खुलेको छ ।
साना–ठूला सबै खालका भवनलाई भूकम्पप्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहितालाई अद्यावधिक गरिएसँगै त्यस्तो बाटो खुलेको हो ।

हाल राष्ट्रिय भवन संहिता १०५ः१९९४ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद् बैठकले अद्यावधिक राष्ट्रिय भवन संहिता १०५ः२०२० लाई स्वीकृत गरेसँगै अब नयाँ मापदण्डसहितको संहिता कार्यान्वयनमा आउनेछ ।

अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ ।

नेपालमा २०७२ सालमा गएको भूकम्प, विगत २५ वर्षमा विश्वका विभिन्न देशमा गएका भूकम्प, विभिन्न मुलुकमा प्रचलित भवन संहिता तथा यस सम्बन्धमा गरिएका विभिन्न नयाँ अनुसन्धान, प्रविधि र ज्ञानको विकासका आधारमा भूकम्प प्रतिरोधी सुरक्षित भवन निर्माण गर्न भवन संहिता अद्यावधिक गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

अद्यावधिक राष्ट्रिय भवन संहिता मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कतिपय अवस्थामा भारतीय संहितामा भर पर्नुपर्ने अवस्था अन्त्य भएको छ । सहरी विकास मन्त्रालय सहरी विकास आवास भवन महाशाखाका प्रमुख सहसचिव नवराज प्याकुरेलले अद्यावधिक गरिएको भवन संहिताका आधारमा सबै खालका भवनको डिजाइन गर्न सकिने बताएका छन् ।

भवन संहिताको प्रमुख उद्देश्य विभिन्न किसिमका निर्माण सामग्री प्रयोग हुने गरी सानादेखि गगनचुम्बी भवनहरूलाई भूकम्प प्रतिरोधी बनाउन गर्नुपर्ने इन्जिनियरिङ डिजाइनका लागि आवश्यक प्रक्रिया र मापदण्डहरू प्रदान गर्नु रहेको संहिताको सारसंक्षेपमा उल्लेख छ ।

यस संहिताले स्थापित इन्जिनियरिङ मान्यता र सिद्धान्तअनुरूप भूकम्प प्रतिरोधी भवनको विश्लेषण र डिजाइन विधिलाई मार्गदर्शन गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का स्ट्रक्चरल इन्जिनियर विपिनकुमार गौतमले अद्यावधिक संहितामा नेपाललगायत यस क्षेत्र वरिपरिको भूकम्पीय जोखिम विश्लेषण गरी त्यसका आधारमा भूकम्पीय जोखिम जोनिङ नक्सा तयार गरेर त्यसका आधारमा ठाउँअनुसारको फरक फरक मानक राखिएको जनाएका छन् ।

योसंहिता प्रयोग गरी जस्तोसुकै प्रविधि र सामग्री प्रयोग गरी बनाइने संरचनाहरूलाई भूकम्प प्रतिरोधी बनाउन सकिने उनको भनाइ छ ।

यस्तै, संरचनाको प्रयोग र महत्वका आधारमा सुरक्षित बनाउन फरक फरक मानक पनि दिइएको जनाइएको छ । संहिताले नयाँ प्रविधि र विधिलाई प्रयोग गर्न बाटो खुला गरेको प्राधिकरणले जनाएको छ ।

अद्यावधिक संहिताको अनुसूचीमा स्टिल र ढलानवाला घरलाई भूकम्प प्रतिरोधी बनाउन चाहिने विस्तृत विवरण समावेश गरिएको छ ।

(Visited 202 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

रुपन्देही र बाँकेमा कोरोनाबाट थप ४ जनाको मृत्यु

बुटवल । रुपन्देही र बाँकेमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु भएको छ । रुपन्देहीमा लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका मृत्यु भएका...

मुख्य सचिव रेग्मीले दिए राजीनामा

काठमाडौँ । मुख्सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले आफ्नो कार्यकाल सकिनु अघि नै राजीनामा दिएका हुन् । बिहीबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

भर्खरै

कविता : भो नसुत डा. केसी !

  भ्रष्टाचारी, तस्करको अखडामा निशास्सिएको शहरमा निर्दालाई मुर्दा बनाएर कुटिन्छ यहाँ, के गर्छौ र डा. केसी तिम्रा शरिरका रौ हरु पलपल गनि गनि लुटिन्छ यहाँ, तिमी नखाएर सुत्छौ त...

समाचार प्रभाव : ठेकेदारले फिर्ता गरे कमिसन रकम

गुल्मी । विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि जिल्लाको रुरुक्षेत्र गाउँपालिकाको लागि ट्याक्टर खरिद गरेका ठेकेदारले किसानहरुसँगबाट लिएको कमिसन रकम फिर्ता गरेका छन् । रुरुक्षेत्र...

कार्यालय सहयोगीले ‘मैले नै हो नागरिकता सिफारिस गर्ने’ भन्दै घुस लिएपछि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–१३ का कार्यालय सहयोगी दिलिप पञ्जियारलाई अख्तियारको टोलीले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा...

नेपाल-भारत सीमा नाका खोल्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जनकपुरधाम । सीमा बन्द हुँदा दुवै देशको जनतालाई कठिनाई भइरहेको खबर आइरहेको बेला नेपाल–भारत खुल्ला सीमा सम्वाद समूह र व्यापारीहरुको संस्थाले नेपाल-भारत सीमा खोल्न...

धेरै पढिएका

साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा...

स्रष्टा पदयात्रा :  दामनमा साहित्यिक कार्यक्रम

काठमाडौँ, । काठमाडौँमा क्रियाशील स्रष्टा पदयात्रीहरु २३२२ मिटर उचाईको दामनमा पुगेका छन् । २०७६ चैत्र १ गते स्रष्टा पदयात्राको ४१औं श्रंखलाअन्तर्गत मकवानपुर जिल्लाको उत्तरी...

संसदमा आज : इन्धनमा कर थपेकाेमा आपत्ती

काठमाडाैं । सदनमा कोरोना भाइरस (कोभिड–१९), भ्रष्टाचार र समसमायिक विषयमा सांसदहरूले संसद् र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी...

नेपाल प्रहरी एआईजीविहीन

काठमाडौं । यतिबेला नेपाल प्रहरीको सिंगो संगठन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)विहीन अवस्थामा छ । रिक्त तीन एआईजी पदका लागि प्रहरीभित्र ७ डीआईजी...

ई-पेपर

(Visited 64 times, 1 visits today)