विपन्न परिवारका लागि बंगुर वितरण

रोल्पा । कामका लागि विद्यालय छोडेर बाल श्रममा परेका र पर्न सक्ने बालबालिकाका परिवारकालाई आम्दानी अभिवृद्धिका लागि बंगुर वितरण गरिएको छ । त्रिवेणी गाउँपालिकामा बालश्रम निवारणमा कार्यरत संस्था मानवअधिकार सचेतन केन्द्र (हुरेक) नेपालले विपन्न परिवारका लागि तीन/ तीन वटा बंगुरका पाठापाठी वितरण गरेको हो ।

त्रिवेणी गाउँपालिकाको समन्वयमा सेभ द चिल्ड्रेनको सहयोगमा संचालन गरिएको एकीकृत परियोजना अन्तरगत अति जोखिममा परेका विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि बंगुर वितरण गरिएको हुरेकले जनाएको छ । विभिन्न वडाहरुमा रहेका ८ घरपरिवारलाई एक कार्यक्रमबीच २४ वटा बंगुरका पाठापाठी वितरण गरिएको हुरेकका जीविकोपार्जन अधिकृत डा. विजय तिवारीले जानकारी दिए ।

त्रिवेणी गाउँपालिका पशु विकास शाखा प्रमुख मन्जु वलीले बंगुर पालनका फाइदा तरिकाका ’boutमा कृषकहरुलाई जानकारी गराईन् । । ती विपन्न परिवारका लागि बंगुरको खोर निर्माण लागि हुरेक नेपालले आर्थिक तथा प्राविधिक सहयोग समेत उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 493 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा एमालेबाट पाँच जना सिफारिस