फूलबुट्टे सारी…अनामिकाको छमछमी

काठमाडौं । गायिका बिन्दु परियारको स्वरमा यसपटकको तीजमा नयाँ गीत निकाल्ने क्रममा नयाँ गीत फूलबुट्टे सारी… रिलिज भएको छ । जसमा शान्तिप्रियको शब्द र सुदीप सागरको एरेन्ज तथा संगीत रहेको छ ।

फूलबुट्टे सारीमा अभिनेत्री अनामिका चौलागाई मुख्य भूमिका छ । यो वर्ष तीजमै पनि उनले तीन गीतमा मोडलिङ गरेकी छन् । फूलबुट्टे सारीको नृत्य निर्देशक एवं निर्देशक राजिव बलामी हुन् भने सम्पादन पनि उनी आफैंले गरेका छन् । गीतको छायाकार राजु केसी हुन् । जसमा शृंगार दीभिषा शर्मा छ । गीतमा शान्तिप्रियकै निर्देशन रहेको छ ।

यो वर्षको तीजका लागि आफूले लेखेको यो तेस्रो गीत भएको रंग पत्रकार शान्तिप्रियले बताए । गायिका बिन्दु परियारको फूलबुट्टे सारी यस वर्षको पहिलो तीज गीत हो । शान्तिप्रियको गीत गाएर आफूले गायन सुरु गरेको र शान्तिकै तीज गीत गाउन पाउँदा खुसी भएको बिन्दुलाई बताइन् । छायाछवि क्रियसनले निर्माण गरेको यस गीत फूलबुट्टे सारी सीसी नेपाल युटुब च्यानलबाट रिलिज गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 417 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी