नेपालगञ्ज । कोरोना संक्रमणको कारण नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गत आइतबार मृत्यु भएका व्यक्तिको शव मंगलबार व्यवस्थापन गरिएको छ ।
अछाम चौरपाटीका ५० बर्षीय संक्रमित पुरुषको शव व्यवस्थापनको लागिकोभिड–१९ को मापदण्ड अनुसार नेपाली सेनाले परिवारको सहमतिमा राप्तीसोनारी गाउँपालिकाको राष्ट्रिय बन क्षेत्रमाव् यवस्थापन गरेको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङको उपस्थितिमा नेपाली सेनाको भैरवप्रसाद गणको तालिम प्राप्त टोलीले विषेश सावधानी अपनाउँदै बाँकको राष्ट्रिय बन क्षेत्रमा उच्च सम्मानका साथ शव गाडिएको हो ।
कोबिड–१९ को संक्रमणको कारण मृत्यु भए शव व्यवस्थापनको लागि आवश्यक पर्ने शव बाहनको अभावमा सरकारी मोटरमा शव अत्यटिको लागि लगिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले विषेश सावधानी अपनाएर मृतकको शवको व्यवस्थापन गरिएको जानकारी दिए । उनले कोभिड–१९ को शव व्यवस्थापनको निर्देशिकाअनुसार नेपाली सेनाले शवको व्यवस्थापन गर्ने उल्लेख गरिए अनुसार सेनाले वयवस्थापन गरेको बताए ।
उनले भने– ‘कोभिड संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोधको कारण छापामार शैलीमा शव व्यवस्थापन गर्नु परेको छ । कोरोना संक्रमण हामी सबैको समस्या भएको कारण यसबाट जोगिन सबैको सहकार्य अति नै आवश्यक छ ।’ सो अस्पतालमा आइतबार नै कोहलपुर–२ कि एक ७० वर्षीया महिलाको मृत्युु भएपछि नेपाली सेनाको टोलीले नै शव व्यवस्थापन गरेको थियो । उनको पनि मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
बाँकेका एक पुरुष र दुई महिला गरी ३ जना र अन्य जिल्लाका उपचारको क्रममा बाँकेमै एक महिला र एक पुरुषसहित दुई गरी पाँच जना कोरोना संक्रमितको शव नेपाली सनाले कोभिड–१९ निर्देशिकाअनुसार व्यवस्थापन गरेको छ । सबै शव व्यवस्थापन गर्दा स्थानीयको अवरोध नआओस् भनेर छापामार शैलीमा गर्दै आएको छ ।
कोरोना संक्रमणको कारण उपचारको क्रममा मृत्यु भएका अछामका ५० वर्षीय पुरुषको शवलाई अन्तिम संसकार गर्दा बाँकेको राप्तीसोनारीको जंगलमा अन्तिम सलामी टक्राउँदै नेपाली सेनाको भैरव प्रसाद गाणका टोली ।






