सिन्धुपाल्चोक । चीनको न्यालम कन्ट्रीले सीमा जोडिएको सिन्धुपाल्चोक जिल्लालाई लाखौ मुल्य बराबरको स्वास्थ्य सामग्री निःशुल्क सहयोग गरेको छ । कोरोना भाइरस (कोभीड–१९) को लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री सिन्धुपाल्चोकलाई सहयोग गरेको हो । चीनले यो सहित सामग्र जिल्लाको लागि तेस्रो पटक स्वास्थ्य सामग्री साहयता गरेको हो ।
यस चीनको सो राज्यले दुइ पटक कोरोना रोकथाममा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । दुई साता अघि सम्पन्न दुई देशबिचको सीमा सुरक्षा बैठकमा चीन सरकारले स्वास्थ्य सामग्री सहयोग गर्ने वचन दिएको थियो । चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुधबार एक कार्यक्रमका बिच नेपाल चीन सीमा मितेरी पुलमा नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो ।

चीनको न्यालम कन्ट्री सरकारले पीपीइ सेट २८ सय थान,डिस्पोजयबल मेडिकल ह्याट ५ हजार थान, मेडिकल आइशोलेसन सु कभर ५ हजार थान, गगल्स २ हजार, आइसोलेशन माक्स २ हजार थान सहयोग स्वरुप प्राप्त भएको प्रजिअ ढकालले जानकारी दिए । त्यसैगरी एन ९५ माक्स २ हजार, आर टी पीसीआर सिगेन्टस २ हजार, आर टी, पीसीआर टेस्ट स्वाब २ हजार र मेडिकल माक्स ५ हजार थान उपलब्ध गराएको प्रजिअ ढकालले जानकारी दिए ।
चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री जिल्लाका १२ स्थानीय सरकारलाई आवश्यकताको आधारमा प्रदान गरिने छ । त्यस्तै सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीलाई समेत स्वास्थ्य सामग्री प्रदान गरिने ढकालले बताए । चीन सरकारले बाढीपहिरो पीडितहरुका लागि समेत केही दिन भित्र खाद्यनलगायत अन्य आवश्यक सामग्रीहरु प्रदान गरिने प्रतिवबद्धता चीनले गरेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।







