तोरी तेल–२ बाट फेरि चम्किए टंक र बुनु

काठमाडौं । पहिलो गीत तोरी तेल…लाई दर्शकले रुचाएपछि गायक टंक बुढाथोकी र गायिका बुनु उप्रेती सो गीतको दोस्रो संस्करणस्वरूप तोरी तेल–२ (ममी) बजारमा ल्याएका छन् । चार दिनअघि रिलिज गरिएको यो गीतको भिडियो युट्युब नेपाल ट्रेन्डिङको पहिलो स्थानमा समेत पुग्यो ।

यो गीतका शब्दहरू सजिलै टिप्न सकिने र भिडियो नृत्यप्रधान भएकाले पनि यसलाई रुचाइएको हुनुपर्छ । गीतमा गायक टंककै शब्द तथा संगीत रहेको छ । थुप्रै गीत गाइसकेकी बुुनु उप्रेतीले टंकसँग यो तेस्रो गीत गाएकी हुन् ।

यो गीतको भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । सरोज र आश्माका पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ भिडियो आएका छन् । यी जोडीले पनि तोरी तेल–२ मा केही फरक शैली दिने प्रयास गरेकै कारण यो गीतको भिडियोमा उनीहरूको नृत्य रुचाइएको हो ।

टंक बुढाथोकीकै अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको यो गीतको भिडियो यतिबेला नेपालको युट्युब ट्रेन्डिङमा तेस्रो स्थानमा छ । गीतमा यी दुईलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् भने भिडियो निर्देशन पनि विष्टले नै गरेका हुन् । भिडियो नवराज उप्रेतीले खिचेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु