जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

झापाको कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता-१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी रुपन्देहीको सम्मरीमाई गाउँपालिका बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सम्मरीमाई गाउँपालिका-१ थुमुवापिप्रहवा बस्ने २३ वर्षीय बृजेश त्रिपाठी, २२ वर्षीय पंकज तिवारी र जयवन्त कहांर रहेका छन् ।

उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनगढीमा छ वटा आधुनिक शौचालय निर्माण

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी