जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा

जुम्ला । जुम्लामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएकोछ । जिल्ला प्रशासन कार्यालय जुम्लाले नगरपालिकासहित स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जारी गरेको निषेधाज्ञामा २०७७ साल साउन ३२ गते राति १२ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको बताइएको छ । स्थानीय प्रशासनले संक्रामण रोग ऐन २०२० को २९२० र स्थानीय प्रशासन ऐन २०२८ को ६(३) बमोजिम निषेधाज्ञा जारी गरेको जानकारी गरेको छ ।

बिभिन्न स्थानमा स्वाब संकलन गर्दा समुदायमा कोरोना फैलिनबाट रोक्न, संक्रमण हुन नदिन निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारि भुपेन्द्र थापाले बताएका छन् । यसैगरी ति स्थानहरूमा कुनैपनि भेला नगर्न समेत निर्देशन गरिएको छ । तिज नजिकीदै गर्दा बिभिन्न स्थानहरूमा पाटी गर्ने र भेलाहरू हुने, गाउँमा धार्मिक मेला र राजनीतिक भेलाले जोखिम बढेको प्रजिअ थापाले बताएका छन् ।

यसैगरी स्थानीय प्रशासन र स्थानीय तहले पटक पटक सूचना जारी गर्दै धार्मिक मेला र भिडभाड नगर्न निर्देशन गरेपनि विभिन्न स्थानमा भेला भईरहेका दृश्यहरु देखिन्छन् । भौतिकदुरी कायम गर्नुपर्ने अवस्थामा यसले थप जोखिम हुने भएकाले यस्ता क्रियाकलाप बन्द गर्न निर्देशन समेत गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

epaper

ताजा समाचार

गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो