काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप १०१६ मा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १०१६ जना नयाँ सङ्क्रमित थपिएको जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेका छ ।
हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार ५८० रहेको छ । देशभरमा क्वारेन्टिनमा रहेको सङ्ख्या १३ हजार ९२६ रहेको छ । देशभर जम्मा १० हजार ५६३ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै मृतकको सङ्ख्या ११४ पुगेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)






