पालिकास्तरीय मेयर कप भलिबल शुरु

लमजुङ । लमजुङमा पालिकास्तरीय मेयर कप भलिबल शुरु भएकोछ । जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम स्थित बेसीशहरमा पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु गरिएको हो । उक्त प्रतियोगिताको गण्डकी प्रदेशका सभासद धनञ्जय दवाडीले उदघाटन गरेका हुन् ।

उक्त प्रतियोगिताको चार खेल सम्पन्न भएका छन् । पहिलो खेल राइनास नगरपालिका र मध्यनेपाल नगरपालिकाका बीचमा भएको थियो । जसमा २५– २०, २५– २० र २५– १५ को सोझो सेटमा मध्यनेपाल नगरपालिका विजयी भएको छ । त्यस्तै, दोस्रो खेल बेसीशहर नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका बीचमा भएको हो । सो खेल पनि २५– २१, २५– १७ र २५– २०को सोझो सेटमा मस्र्याङ्दी गाउँपालिका विजयी भएको छ । तेस्रो खेल बेसीशहर नगरपालिका र राइनास नगरपालिका बीचमा भएको थियो । २५– १०, २५– १६ र २५– २१को सोझो सेटमा राइनास नगरपालिकाले जितेको छ ।

यसैगरी, चौथो लेख मध्यनेपाल नगरपालिका र मस्र्याङ्दी गाउँपालिकाका बीचमा भएको थियो । जसमा २५– १०, २५– २३ र २५– २२ को सोझो सेटमा मध्यनेपाल नगरपालिका विजयी भएको आयोजक जिल्ला भलिवल संघका अध्यक्ष नवीन गुरुङले बताए । उनका अनुसार बुधबार पनि चार खेल हुनेछन् ।

जिल्ला भलिवल संघका अध्यक्ष दिवाकर बराल वासुको अध्यक्षतामा भएको उदघाटन सत्रमा बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल सहितले शुभकामना व्यक्त गरेका थिए । जिल्ला भलिवल संघका उपाध्यक्ष कृष्ण गुरुङले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन संघका सचिव गुरुङले गरेका थिए । उनका अनुसार लिग नटआउट भलिवल प्रतियोगितामा ११ टिम सहभागी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 231 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा एमालेबाट पाँच जना सिफारिस