कोरोना संक्रमणबाट सुनसरीमा ६ वर्षिया बालिका सहित दुईको मृत्यु

इटहरी । सुनसरीमा कोरोना संक्रणबाट शनिबार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका ६७ बर्षीय एकजना पुरुष र अर्का ६ वर्षिया बालिका रहेकी छिन् । ६ बर्षीया बालिका सुनसरीको कुन ठाउँकी भन्ने’bout खुल्न बाँकी रहेको छ ।
सुनसरीमा संक्रमित संख्या ४ सय नाघेको छ । स्वास्थ्य कार्यालय सुनसरीका अनुसार जिल्लामा हालसम्म संक्रमितको संख्या ४२९ पुगेको हो ।

जसमध्ये सबैभन्दा बढी धरान उपमहानगरपालिकामा रहेका छन् । स्वास्थ्य कार्यालय सुनसरीकी कोभिड १९ फोकल पर्सन सृर्जना लिंथेपका अनुसार धरानमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । त्यस्तै, इटहरीमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

इटहरीमा शनिबार मात्रै १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये इटहरी अस्पतालका एक पुरुष रहेका छन् भने एकजना सोही अस्पतालमा उपचाररत बिरामी रहेका छन् । इटहरी अस्पतालका अनुसार इटहरी अस्पतालमा नै कोरोना संक्रमण देखिएपछि अस्पतालको ओपीडी कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष लगायतका सेवाहरु बन्द गरिएको छ ।

अस्पतालका सञ्चालक समितिका अध्यक्ष भुपेन्द्र बरालका अनुसार अस्पतालको सम्पर्कमा आएकाहरुलाई स्वाब परीक्षण गर्न गराउन समेत अपिल गरिएको छ । शनिबार इटहरी अस्पतालका एक कर्मचारी र उपचाररत एक बिरामी बाहेक संक्रमितहरु इटहरी वडा नं. ९ का ३ जना महिला र १ जना पुरुष गरि जम्मा ४ जना, १२ नं वडाकी १ जना महिला र १ जना पुरुष गरि जम्मा २ जना, ६ नं वडाकी १ जना महिला र १४ नं वडाको १ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । सुनसरीमा शनिबार मात्रै ३२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

इटहरी बाहेक सुनसरीको दुहवीमा १२ पुरुष, धरानमा १ महिला, ३ पुरुष, गढी गाउपालिकामा १ महिला, ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजिटिभ आएको छ । सुनसरीमा पछिल्लो समय समुदायस्तरमा नै कोरोना भाइरस संक्रमण देखिन थालेपछि जिल्लामा थप उच्च सतर्कता अपनाईएको छ । जिल्लामा निषेधाज्ञा गरिएको भएपनि दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएकाले जिल्लामा थप सर्तकता अपनाईएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादी जीत नजिक