दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल

बेनी । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ । रेडियो दिदिबिहिनीद्वारा आयोजित प्रतियोगिता बुधबारबाट पर्वतस्थित जलजला गाउँपालिका–३ मा सुरु हुने भएको हो ।

मंगलबार जलजला गाउँपालिकास्थित कालागण्डकीको तिरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईंले ७७ लाख बजेट रहेको महोत्सबको महिला भलिबलका लागि अनुमानित १५ लाख लाग्ने बताईन् । रेफ्रि संयोजक अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले ५ टिम बीच लिगकम नकाउटका आधारमा खेल संचालन गरिने बताए । उनका अनुसार समूह ए मा साबिक बिजेता एपीएफ र आर्मी तथा समूह बी मा साबिक उपबिजेता होङग्वान्जी न्युडायमण्ड,पुलिस र आयोजकको टिम रहेको छन् ।

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईले बताइन् । ‘हामीले स्थानीय क्षेत्रको टोलीमा पनि समावेश गरेका छौं । स्थानीय टोलीले राष्ट्रिय स्तरका खेलाडीसँग खेल्न पाउँदा उनीहरुको प्रतिभामा पनि निखारता पाउनेछ,’चापागाईंले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 238 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धरासायी : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा के गर्न पाइदैन ?