जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्य शिक्षा क्षेत्रको स्नातकोत्तर कक्षा संचालनको अनुमति पाएको छ । प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपी जनरल प्राटिक्स, एमडि एनेष्थेसिया, एम डि पेड्रियाटिक्स विधामा पठन पाठन गर्नको लागि स्वीकृती दिएको हो ।
गत साउन ३० गते भएको निर्णयको प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमाणित भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका शिक्षाध्यक्ष डा. निरेश थापाले बताएका छन् । प्रतिष्ठानका अस्पताल निर्देशक डा.मंगल रावलका अनुसार आयोगको फुल हाउस बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडिएमएस ५ सिटको पक्का भएको छ ।
अव कर्णालीले एम, बिबिएस स्विकृत समेत पाउने बिषयमा आसा पलाएको उनको भनाई छ । आजै सो बिषयमा कर्णाली प्रतिष्ठानलाई पत्र प्राप्त भइसकेको शिक्षाध्यक्ष थापाले जानकारी दिएका छन् । कर्णालीमा उच्च स्तरको जनशक्ति अध्ययन गर्नका लागि सरकारले स्विकृत दिएपछि कर्णाली बासी खुसी भएका छन् ।