आफ्नै छोराले गरे बाबुको चिर्पट प्रहार गरी हत्या

तनहुँ । जिल्लास्थित ब्यासनगरपालिका(१० विपि भञ्ज्याङमा आफ्नै छोराले आफ्नो जन्म दिने बाबुलाई दाउराको खलियोमा राखेको चिर्पटले टाउकोमा प्रहार गरी हत्या गरेका छन् ।

चिर्पट प्रहारबाट मृत्यु हुनेमा ६६ बर्षीय बाबु दलबहादुर विक रहेका छन् । चिर्पट प्रहार गरी बाबुको हत्या गर्ने छोरा ३५ वर्षीय तिलबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्दा शाखाका निरीक्षक शिवराज क्षेत्रीले बताए ।

प्यारालाइसिसले लामो समयदेखि थलिएका बाबु दलबहादुरलाई एक्कासी छोरा तिलबहादुरले चिर्पट प्रहार गरेपछि गम्भीर घाइते भएका उनलाई दमौली स्थित जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उपचारका लागि पोखरास्थित शिक्षण अस्पतालमा लगिएकोमा विकको बाटोमै मृत्यु भएको थियो ।

घटनाका ’boutमा प्रहरीले थप अनुसन्धान प्रक्रिया शुरु गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल