दोषी प्रहरीलाइ कार्वाहीको माग गर्दै पुर्वमन्त्री पासवान धर्नामा

रौतहट । हत्याको बिरोधमा सोमबार पनि रौतहटको गरुडा बजार तनाबग्रस्त बन्यो । गरुडा नगरपालिका वाड नं. ८ का हत्या भएका निरन्जन पासवान र प्रहरी हिरासतमा रहेका बिजय रामको मृत्यु भएपछि बिगत लामो समय देखी स्थानिय प्रहरीको बिरोध गर्दै आएका छन ।

सोमबार उनीहरुले इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोको पुत्ला दहन गरेका छन् । दोषी प्रहरीलाई निलम्बन गरी कारवाहीको माग गर्दै पूर्वमन्त्री विश्वेन्द्र पासवानसहित दर्जनौं ब्यक्तीहरु इलाका प्रहरी कार्यालय गरुडा अगाडि आइतबार पनि धर्ना जारी राखेका छन् । प्रहरीको यातनाको कारण गरुडा नगरपालिका– ८ का १९ वर्षीय विजयराम चमारको मृत्यु भएको भन्दै डिएसपी ज्ञानकुमार महतो लगायतलाई निलम्बन गरि कार्यवाहीको मागसहित शनिबारदेखि पूर्वमन्त्री पासवानसहित स्थानीयबासीले धर्ना दिँदै आएका हुन् ।

लगातार दोस्रो दिन उनीहरुले ईलाका प्रहरी कार्यालय गरुडाको मुलगेटमा धर्ना दिएका हुन् । गरुडा–८ जिंगडिया गाउँका २२ वर्षीय निरञ्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका ७ जनामध्ये विजयरामको स्वास्थ्य अवस्था बिग्रिएर पाँच दिनअघि बिरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

पीडित परिवारले प्रहरीको कुटपिटबाट विजयको मृत्यु भएको दावी गर्दै घटनामा संलग्न प्रहरीमाथि कारवाहीको माग गरेको छ । एसपी रविराज खड्काले भने दुवै किड्नी खराब भएर विजयको मृत्यु भएको दाबी गरेका छन् । घटनाको छानविन गर्न गृह मन्त्रालयको निर्देशनमा उपसचिवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन भएको छ । टोलीले आइतबारबाटै घटनाको स्थलगत छानबिन गरि १५ दिनभित्र प्रतिवेदन बुझाउने रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 314 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मनोनयन आज अपराह्न ५ बजेसम्म