Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ३ दुःखद संयोग, आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा

दुःखद संयोग, आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा

,

काठमाडौं । सोमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए ।

वरिष्ठ अभिनेता केशव भट्टराईले अभिनेता दीपक क्षत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए । ‘दीपक दाइको पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेका थिए । चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए ।

दीपक क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने दीपक क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो । अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो ।

अभिनेता क्षत्रीको श्रद्धाञ्जली र अन्त्येष्टि सम्मानपूवर्क गर्ने तयारीको जिम्मा बोर्डका कर्मचारीलाई दिएका अभिनेता भट्टराई आफैं सो श्रद्धाञ्जली र अन्त्येष्टिमा मलामीका रूपमा सहभागी हुनेवाला थिए । तर, दुर्भाग्य अभिनेता क्षत्रीको चितासँगै भट्टराईको चिता पनि सोमबार बेलुका जल्यो । जुन कुरा भट्टराईले कल्पनासमेत गरेका थिएनन् ।
भट्टराईको आइतबार बेलुका हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग बैठक सकेर बोर्ड सदस्य नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घरमा उनी बेलुका ७ बजे पुगेका थिए । महर्जनका बुबाको ६ महिनाको पुण्यतिथिको प्रसाद खाएर घर फर्केका उनी घर पुग्दा गाडीमै बेहोस भएका थिए । १४ वर्षीय छोरा बेडु र चालकले भट्टराईलाई चावहिलको ओम अस्पताल पु-याउँदा उनको निधन भइसकेको थियो । बेलुका सवा १० बजे अस्पतालले उनको निधन भएको पुष्टि ग¥यो ।

भट्टराईले डेढ दशकदेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए । आइतबार राति उनको शवलाई त्रिविवि शिक्षण अस्पतालमा राखेर सोमबार दिउँसो १ बजे अस्पतालबाट अन्तिम दर्शनका लागि बोर्डमा ल्याइएको हो ।

काठमाडौंको डिल्लीबजारस्थित कोठामा शनिबार दिउँसो मृत्य भेटिएका ५८ वर्षीय अभिनेता क्षत्रीको हृदयघातबाट निधन भएको पोस्टमार्टमबाट पुष्टि भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोर्डमा पुगेर सरकारका तर्फबाट दुवै अभिनेताप्रति श्रद्धाञ्जली अर्पण गरे ।

सञ्चारमन्त्री गोकुल बास्कोटाले चलचित्र विकास बोर्ड अध्यक्ष भट्टराईसँगै वरिष्ठ अभिनेता क्षत्रीप्रति श्रद्धाञ्जली अर्पण गरे । त्यस्तै, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायत विभिन्न चलचित्रकर्मीसँगै शुभचिन्तकले अभिनेता भट्टराई र क्षत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे ।

नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले बोर्डका अध्यक्ष एवं जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्यसमेत रहेका भट्टराईलाई नेकपाको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । दागबत्ती दिने क्रममा नेपाल प्रहरीले सरकारका तर्फबाट सलामीसहित राष्ट्रिय सम्मान अर्पण गरे ।

त्यस्तै, जनसांस्कृतिक महासंघका सहसंयोजक सरल सहयात्रीले भट्टराईको पार्थिव शरीरमा महासंघको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

दिवंगत भट्टराईका एक छोरा बिडु भट्टराई र श्रीमती नीता भट्टराई छन् । वरिष्ठ अभिनेता क्षत्रीको परिवारमा श्रीमती विपना थापा (कलाकार), छोरी रिस्ता थापा (नायिका) र छोरा छन् ।

अभिनेता भट्टराई र क्षत्री दुवैले २०४५ को दशकबाट अभिनय यात्रा सुरु गरेका हुन् ।

क्षत्रीले करिब सात दर्जन सिनेमामा अभिनय गरेका छन् भने भट्टराईले करिब पाँच दर्जन चलचित्रमा काम गरेका छन् । भट्टराई सफल निर्माता पनि थिए । २०५० को दशकका दुई सर्वाधिक सफल फिल्म आफन्त र आफ्नो मान्छेका निर्माता भट्टराईले कर्मयोद्धा, देवरबाबु, पाहुना, छोडी गए पाप लाग्ला, सो सिम्पल, ब्रास्लेट हुँदै यो वर्ष चलचित्र ‘यात्रा’ निर्माण गरेका थिए । दुई दशक बढी समय विद्युत् प्राविधकरणमा अधिकृतका रूपमा काम गरेका भट्टराईले बोर्ड अध्यक्ष भएपछि प्राधिकरणबाट अवकाश लिएका थिए ।

यसअघि चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्ष रहेका वरिष्ठ अभिनेता भट्टराई विगत आठ महिनादेखि चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष थिए । उनले मुलुकभर बक्स अफिस प्रणाली लागू, तीन वर्षदेखि रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार प्रदान, राष्ट्रिय चलचित्र ऐन निर्माण जस्ता काम गरेका थिए । इन्डोर सुटिङ स्टुडियो निर्माणका लागि जग्गा खोजी, चलचित्र संग्रहालय निर्माणका लागि भवन निर्माणको तयारी, राष्ट्रिय चलचित्र महोत्सवको तयारीसहित एक दर्जन बढी उत्कृष्ट काम उनले गरेका थिए ।

(Visited 240 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

साताका लोकप्रिय समाचार

भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि

बैतडी । बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि भएको छ । भारतका विभिन्न ठाउँबाट फर्केका ३९ नागरिकको झुलाघाट नाकामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

सञ्चारकर्मी मिश्रको कोरोना संक्रमणले निधन

काठमाडौं । कोरोना सङ्क्रमणले अग्रज सञ्चारकर्मी ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन...

नयाँ बसपार्कका टिकट काउण्टर बुधबारदेखि बन्द हुने

काठमाडाैं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा...

रेसुङ्गामा एक सातादेखि लागेको आगो नियन्त्रणमा आएन

गुल्मी । गुल्मीको रेसुङ्गा क्षेत्रमा एक हप्तादेखि लागेको आगो नियन्त्रणमा आएको छैन । चैत्र २१ गते रेसुङ्गा नगरपालिका १४ को पराल्मी तथा २२ गते...

ट्रेन्डिङ

दैलेखमा जीप दुर्घटना, ४ जना घाइते

दैलेख । दैलेखको दुल्लूनगरपालिकामा –५ स्थित देउतीगढमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते हुनेमा जीप चालक भैरवी गाउँपालिका –२...

आज मध्यरातदेखि लकडाउन हट्यो

काठमाडौँ । सरकारले आज मध्यरातदेखि लागू हुने गरी लकडाउनको विधिवत् अन्त्य गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने भन्दै गत चैत ११ गतेदेखि जारी...

चारधाम गएको बस दुर्घटनामा १० को मृत्यु, गाउँ शोकाकुल

इटहरी । दक्षिण भारतमा रहेको चारधाम तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरीका दश जनाको दुर्घटनामा मृत्यु भएको छ । माघ २३ गते इटहरीबाट एक महिने...

सबै प्रदेशले पाए डीआईजी

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा गरेका सबै डीआईजीलाई जिम्मेवारीसहित पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा प्रहरी...

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको...

प्रहरी आएपछि भागाभाग, गएपछि भिडभाड

सप्तरी, राजविराज । लकडाउन पालनाका लागि सप्तरीमा सुरक्षाकर्मीले कडाई गरेपनि विगत केही दिन यता यसको ब्यापक उल्लघंन हुन थालेको छ । मिथिलाञ्चलको महत्वपूर्ण पर्व सावित्रि...

सरकार र जनअपेक्षा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट नेतृत्वको वर्तमान सरकार र यसका गतिविधिलाई नकारात्मक दृष्टिकोणबाट मात्र हेर्ने गरेको पाइन्छ । बदला र डरको कारण सधैंं...

प्रदेश २ को नामकरण विवाद सुल्झाउन सांसदहरु सक्रिय

जनकपुरधाम । जनकपुरधामलाई स्थायी राजधानी तोक्न दलहरुबीच सर्वसम्मति भएपछि प्रदेशको नामकरण विवाद सुल्झाउन प्रदेशका सांसदहरु सक्रिय भएका छन् । सत्तापक्ष र प्रतिपक्षी दल आ–आफ्नो अडानमा...

ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु : सञ्चारमन्त्री बाँस्कोटा

भीमदत्तनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । ‘ममाथि लागेको आरोप प्रमाणित...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताएका छन् । प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा...

टोकियो ओलम्पिक स्थगित

लसाउने । चौतर्फी दवावपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले चार महिनापछि जापानको टोकियोमा हुने तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक– २०२० एक वर्षको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)