काठमाडौं । कोरोना भाइरस संक्रमण साउनभन्दा भदौमा चर गुनाले बढी फैलिएको छ । केही दिनयता संक्रमण समूह समूहमा समेत प्रवेश गर्न थालेको पाइएको छ ।
गत १ देखि १९ साउनसम्म ३ हजार ४ सय ६ संक्रमितमात्रै थपिएकोमा १ देखि १९ भदौसम्म थप १६ हजार ९ सय ९५ जनामा संक्रमण भएको छ । यो आ“कडले १ देखि १९ साउनको तुलनामा १९ भदौसम्म संक्रमण चर गुना बढी देखाउ“छ । गत १ देखि १९ साउनसम्म थप १८ संक्रमितको मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत १ देखि १९ भदौसम्म थप १ सय ६४ संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै, गत १ देखि १९ साउनसम्म ९५ हजार ७७ पटक कोरोना परीक्षण गरियो । तर, १ देखि १९ भदौसम्म २ लाख १६ हजार ६३ जनाको कोरोना परीक्षण गरिएको छ ।
संक्रमण दर प्रतिदिन बढ्दै गएको भन्दै ‘कसैले पनि हेलचेक्र्याई गर्न नहुने’ जनस्वास्थ्य विज्ञले सुझाव दि“दै आएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन व्यक्ति स्वयं सचेत र अनुशासित हुनुपर्नेमा जोड दिन्छन् ।
यसैबीच, शुक्रबार थप १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । योस“गै नेपालमा कोरोना संक्रमित संख्या ४४ हजार २ सय ३६ पुगेको छ । देशभर ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या १८ हजार ४ सय ४ पुगेको छ । हालसम्म आरटीपीसीआर प्रविधिबाट ७ लाख ४५ हजार ४ सय ९० पटक कोरोना परीक्षण गरिएको छ ।






