बिहे गरेको छ महिनामा बच्चा जन्माएपछि बलात्कारको रहस्य खुल्यो

सांकेतिक तस्वीर

बैतडी । बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीया किशोरी बलात्कार प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । किशोरीका आफन्तले दिएको जाहेरीमा सिगासकै दानबहादुर बोहरा र धनबहादुर बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दुवै जनालाई बुधबार साँझ नियन्त्रणमा लिएको उनले बताए । उनले भने ‘हामीले किशोरी बलात्कार प्रकरणमा सुक्ष्म रुपले अनुसन्धान गरिरहेका छौं । पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा थप दुई जनालाई पक्राउ गरेका छौं ।’
पक्राउ गरेकाहरुलाई बिहिवार अदालतबाट म्याद थपेर अनुसन्धान थालिने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा शिक्षक खड्क बोहरा, गाउँपालिकामा कार्यरत केशव बोहरा र स्थानीय रामसिंह बोहरालाई पक्राउ गरेर अनुसन्धान भईरहेको छ ।

बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीय किशोरीमाथि विद्यालयमै पढाउने शिक्षकबाट पटक पटक बलात्कार गरेको खुलेपछि अहिले यो घटनाले चर्चा पाएको छ

‘हामीले अघिल्लो दिन पक्राउ गरेका तीनजनामाथि अदालतबाट म्याद थपेर अनुसन्धान अगाडि बढाईसकेका छौं ।’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ‘बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि छोडिदैन् । अहिले नै हामी निष्कर्षमा पुगिसकेका छैनौं । घटनाको पूर्ण रुपले अनुसन्धान भईरहेको छ ।’

बैतडीको सिगास गाउँपालिकाकी १७ बर्षीय किशोरीमाथि विद्यालयमै पढाउने शिक्षकबाट पटक पटक बलात्कार गरेको खुलेपछि अहिले यो घटनाले चर्चा पाएको छ । घटना पहिलेकै भएपनि किशोरीले बिहे गरेको ६ महिनामै बच्चा जन्माएपछि उनिमाथि बलात्कार भएको घटना बाहिर आएको थियो ।

अहिले पीडित किशोरीलाई जिल्ला अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको छ । सुरक्षा सहितको उपचार सेवा र परामर्श सेवा दिने उद्देश्यलाई उहाँलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ मा १८ बर्षभन्दा कम उमेरका महिलालाई ललाई फकाई वा महिलाको मञ्जुरी लिएर करणी गरेमा समेत कानुनी कारवाही हुने उल्लेख छ । सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिलामाथि करणी गरेमा दश वर्षदेखि बाह्र वर्षसम्म कैद सजाय हुने कानुनमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 448 times, 1 visits today)

epaper

ताजा समाचार

बिजुली पानीको भुक्तानीको लागि मौलापुरका स्थानीय आन्दोलित