पहिरोले पुरिँदा रोल्पामा दुई बालकको मृत्यु

रोल्पा । राती सुतिरहेको बेलामा गोठ माथिबाट आएको पहिरोले पुर्दा रोल्पामा दुई बालकको ज्यान भएको छ । पूर्वी रोल्पाको लुंग्री गाउँपालिका वडा नं. १ पाङको ऐपेका ज्ञानसिंह घर्तीमगरको गोठमा राति १२ बजेतिर गोठमाथिबाट खसेको पहिरोले सुतिरहेका ११ वर्षीय युवराज घर्ती र ८ वर्षीय अमर घर्तीमगरको ज्यान भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । उनीहरुसंगै सुतेकी ५० वर्षीय हजुरआमा घाइते भएकी छिन् भने आमा नन्नकली घर्तीको अवस्था सामन्य रहेको छ । मृतक बालकका बुवा ज्ञानसिंह विगत ८ वर्षदेखि भारत भएको र सम्पर्कमा नरहेको आफन्तले बताएका छन् ।

आर्थिक समस्याका कारण जोखिममा उनीहरुको परिवारमा आवश्यक राहतका लागि वडा, गाउँपालिका र जिल्ला समन्वय भइरहेको वडा अध्यक्ष मति पुनले बताए । मृतक बालककाहरुको पोस्टमार्टम जिल्ला अस्पताल रोल्पामा भएको छ । यसैबीच पीडित घर परिवारको राहतका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तत्काल पहल थालेका छन् । विचल्लीमा परेका परिवारका लागि तत्काल ३ लाख राहत उपलब्ध गराउन पहल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 351 times, 1 visits today)

epaper

ताजा समाचार

मानुङकोटलाई पर्यटकीय ग्राम बनाउने लक्ष्य