भक्तपुर । भक्तपुरमा शनिवार सम्म कोरोना पोजेटिभ भएका १२ जना सम्पर्क विहिन भएको खुल्न आएको छ ।
स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार शनिबारसम्म भक्तपुर तोकिएर आएका १२ जना संक्रमित सम्पर्कमा आएका छैनन् ।
‘कतिको सम्पर्क नम्बर गलत छ’, उनले भनिन्, ‘कसैले जति सम्पर्क गरेर पनि मोबाइल उठाएका छैनन् ।’
कसैको स्पष्ट ठेगाना नखुल्दा पनि सम्पर्कविहीन भएको उनले सुनाइन् । शनिबार भक्तपुर जनिएर संक्रमण पुष्टि भएका दुईजनाको समेत ठेगाना स्पष्ट नखुलेको उनको भनाइ छ ।
यसरी सम्पर्क विहिन हुँदा उनीहरुबाट पनि समुदायमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना अझ बढेको देखिन्छ ।
तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)






