दुई बर्षदेखि फरार अभियुक्त पासवान पक्राउ

बरहथवा । सर्लाहीमा प्रहरीको सक्रियता दिन प्रतिदिन बढदै गएको छ । यतिबेला सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ । जिल्लामा सर्लाही प्रहरी प्रमुखदेखि प्रहरीका सम्पूर्ण युनिट अपराध नियन्त्रण गर्न लागि परेको छ ।

यसै क्रममा केहि दिन पहिला ईलाका प्रहरी कार्यालय बरहथवामा आएका डिएसपी तथा प्रहरी नायव उपरीक्षक उद्धब सिंह भाटले लागुऔषधदेखि घरेलु मदिरासम्म नियन्त्रणमा लिई नष्ट गर्नु साथै विभिन्न अपराध नियन्त्रण गर्न सक्रियता देखाएका छन । आइतबार मात्र २ बर्षदेखि फरार रहेको एक अभियु्क्तलाई डिएसपी भाटले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकौल गाउँपालिका वडा नं.५ बस्ने ३४ वर्षीय पुनित पासवान रहेको छ । पासवान उपर २ वर्ष पहिले कर्तब्य ज्यान मुद्धा लागेपछि अभियुक्त पासवान फरार रेहेको थियो । ईलाका प्रहरी कार्यालय बरहथवा प्रहरी नायव उपरीक्षक भाटले विशेष सूचनाको अधारमा पासवानलाई पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई आज म्याद थपको लागि जिल्ला अदालत मलंगवा लगिएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

२ वर्ष पहिले २०७५ भदौ २२ गत धनकौल गाउँपालिका वडा नं.५ बस्ने सोबिता देवी पासवानको मृत्यु भएको थियो ।सोबिताको पोष्टमार्टम रिपोर्टमा बिष सेवनले मरेको कुरा प्रमाणिते भएपछि सोबिताको आफन्तले अभियुक्त पासवनले सोबितालाई ज्यान मारेको अभियोगमा पासवान उपर कर्तब्य ज्यान मुद्धा दर्ता गराए पछि पासवान फरार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लगानी सम्मेलनलाई सहज बनाउन अध्यादेशबाट आठवटा कानुन संशोधन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मधेशकी प्रथम महिला मेयर रीना साह पुन: निर्वाचित, गठबन्धन उम्मेदवार दोब्बरले मतले पराजित