टिप्पणी : प्रशासनमा अब्बल घिमिरे अख्तियारमा निरीह

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको कार्यकाल पूरा गरेर नवीन घिमिरे बिदा भइसकेका छन् । उनी जसरी बिदा भए, वास्तवमा भन्नु पर्दा उनको बिदाइ त्यति सुखद बन्न सकेन । अख्तियार प्रमुखको कार्यकाल उनको जीवनकालकै करिअरमा दुःखद् बन्न पुगेको छ । विगतका प्रमुखभन्दा अलि फरक बनेर निस्कन्छन् भन्ने आममानिसका सोचाइलाई उनले गलत प्रमाणित गरिदिएका छन् ।

उनको कार्यकाल अरूको भन्दा तात्विक फरक भएन । किनकि, यसअघिका प्रमुखले जे गरेका थिए उनले त्यही काम गरे । उनको कार्यकालमा अख्तियारको इतिहासमै विशेष अदालतमा धेरै मुद्दा दर्ताको रेकर्ड कायम भयो । जसलाई उनले आफ्नो ठूलो सफलताको रूपमा लिएका छन् ।

मुद्दा दर्ताको रेकर्ड कायम त भयो तर उनले आफ्नो अब्बलतलाई राम्रोसँग प्रयोग गर्न सकेनन् । प्रशासनमा लामो अनुभव र त्यसमा अब्बल नवीन घिमिरे अख्तियार प्रवेश गर्नुअघि राम्रो च्यासिस थिए । जुन च्यासिसले विषाक्त धुवाँ फाल्दैन भन्ने थियो । तर, राम्रो काम गर्न सकेन । यसअघिका प्रमुखले जसरी विषाक्त धुवाँ फालेका थिए त्यस्तै धुवाँ उनले उडाए । यसअघि पनि प्रमुख भएर लोकमानसिंह कार्की र दीप बस्न्यात बिदा भएकै हुन् ।

१ हजार रुपैयाँ लिएको आरोपमा पियनलाई महिनौं थुनेर विशेष अदालतमा मुद्दा दर्ता गर्दै गर्दा उनले अर्बौ रुपैयाँको भ्रष्टाचारको फाइल खोल्नै चाहेनन् ।

उनीहरूले पनि भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गरेकै थिए । घिमिरेले पनि त्यही मुद्दा दर्ता गरे । पहिलाको तुलनामा धेरै मुद्दा दर्ता गरेर रेकर्ड बनाए, घिमिरे त्यसमै दंग छन् । कार्की र बस्न्यात जसरी बिदा भएर अहिले पनि मख्ख छन् । उनीहरू आफूले गरेको कर्ममा प्रफुल्लित नै छन् । किनकि उनीहरूमा लोभ र लाच पचाउन सक्ने शक्ति रहेछ ।

यसअघिका दुई प्रमुखको विगत देखेकैले होला घिमिरेले आफ्नो ४५ वर्षको जीवनकालमा कुनै दाग नलागेको र प्रमुख आयुक्त हुँदा पनि दाग लाग्ने नदिने बाचा गरेका थिए । तत्कालीन एमालेको कोटामा १९ चैत २०७१ मा आयुक्तमा नियुक्ति भएका उनले आफ्नो कोटमा कालो दाग लाग्न नदिने बाचा कति पूरा गरे उनले आफंैलाई हेरेर समीक्षा गरेनन् । नविन घिमिरे भ्रष्टाचारको अभिषप्त दलदलमा यसरी हेलिए कि जुन दलदलबाट उठ्नै सकेनन् । ४५ वर्षको सरकारी सेवामा अब्बल कर्मचारी भएर बनाएको राम्रो छवी मात्रै गुमेन कलंकको दाग पनि बोके ।

एक हजार रुपैयाँ घुस लिएको प्रमाणित गर्न नसकेको उनको अख्तियारले ठूलो भ्रष्टाचार देखेन । बरु अनुसन्धान गरेर मुद्दा दर्ता गर्नुभन्दा तामेलीमा राखे । यसो हुनुमा घिमिरेले राजनीतिक उपसानामा ध्यान केन्द्रित गरे । उनले अधिकृत भएर लगाउने रेजा अख्तियारको प्रमुख भएर कोरोना महामारीको ठूलो संकटमा भएको भ्रष्टाचारमा लगाउन सकेनन् ।

संसदीय समितिमा दिएको प्रस्तुतिमा घिमिरेले भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गरेर देखाउन लालयित भएको भन्दै ‘स्मरणयोग्य’ काम गर्ने प्रतिवद्धता जनाएका थिए । उनले भ्रष्टाचार गर्नेसँग कुनै सम्झौता नगर्ने बाचा सिंहासनमा बसेपछि भुसुक्कै बिर्सिए ।

उनले अख्तियारमा बस्दा आफ्नो कार्यकालमा प्रतिवादी धेरै बनाएर अरू प्रमुख आयुक्तको रेकर्ड तोड्नमा ध्यान दिए । फुटकर मुद्दा, स्ट्रिङ अप्रेसन, रिसवत घुस प्रकरणमा धेरै व्यक्ति पक्राउ परे । उनकै कार्यकालमा साथीसँग सापटी लिएर काठमाडौं आउँदै गर्दा एक व्यक्ति पक्राउ परे

आफ्नो कार्यकालमा उनले ठूला भ्रष्टाचार मुद्दा नचलाएको भने होइनन् । भ्रष्टाचारको काण्ड बाहिरिएपछि आफ्नै आयोगका आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरे । त्यो पनि सार्वजनिक रूपमा पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि मात्रै भ्रष्टाचार मुद्दा लगाउने निर्णयमा पुगेका हुन् जुन मननयोग्य काम थियो ।

साथै उनले गरेको अर्को निर्णय भनेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा १५९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय भयो । तर, उनको यो निर्णय पनि विवादरहित बन्न सकेन । ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलगायतलाई मुद्दा चलाउन पर्ने कारण देखेनन् । जसका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विवादित बन्न पुग्यो ।

यहीबीच प्रमुख आयुक्तले भ्रष्टाचारको विषयमा राज्यले निर्मम प्रहार गर्नुपर्ने सार्वजनिक रूपमा भन्दै आएका थिए । साथै उनले ठूलो भ्रष्टाचारको मुद्दाको फाइल खोलेर आयोगअघि बढ्न लागेको बताएका थिए । तर, उनी भ्रष्टाचारको विषयमा जति कठोर बन्ने भनेका थिए त्योभन्दा धेरै नरम भएर निस्किए । १ हजार रुपैयाँ लिएको आरोपमा पियनलाई महिनौं थुनेर विशेष अदालतमा मुद्दा दर्ता गर्दै गर्दा उनले अर्बौ रुपैयाँको भ्रष्टाचारको फाइल खोल्नै चाहेनन् ।

त्यति मात्रै होइन आयोगले यातायात कार्यालयमा काम गर्ने कृष्ण, राम, श्याम (परिवर्तिन नाम) लगायत आठ जनाको गल्ती भन्नु लाइसेन्स दिँदा राजस्ववापत सय रुपैयाँको रसिद काट्न भुलेको थियो । छुटेको राजस्व तिराए हुनेमा अख्तियारले उनीहरूलाई मुद्दा चलायो । गत वर्षदेखि घुसखोरी भएका कार्यालयमा निगरानी गर्ने घोषणा गरेको अख्तियारले लेनदेनको आशंकाका भरमा कर्मचारी उठाउँदै, थुन्दै मुद्दा चलाउँदै गरेको थियो ।

उनले अख्तियारमा बस्दा आफ्नो कार्यकालमा प्रतिवादी धेरै बनाएर अरू प्रमुख आयुक्तको रेकर्ड तोड्नमा ध्यान दिए । फुटकर मुद्दा, स्ट्रिङ अप्रेसन, रिसवत घुस प्रकरणमा धेरै व्यक्ति पक्राउ परे । उनकै कार्यकालमा साथीसँग सापटी लिएर काठमाडौं आउँदै गर्दा एक व्यक्ति पक्राउ परे । घुसको रकम फेला पर्यो भनेर ती कर्मचारीलाई ७ दिन हिरासतमा राखेर सुधपुछ गरेर छाडियो ।

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा परेको उजुरी अघि बढ्न नसक्नु यसैको दृष्टान्त हो । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका अध्यक्ष चैतन्य शर्मामाथिको भ्रष्टाचार मुद्दामा मात्रै उनले अडान लिएका थिए । प्रमुख दलका नेताको मिलेमतोमा भएको अनियमिततामाथि अख्तियारले प्रश्न उठाउने र मुद्दा दायर गर्ने सम्भावना नै थिएन । वाइडबडी, न्यारोबडी त्यसका उदाहरण हुन् । सत्ता जोडिएका यति समूहको स्वार्थ, दरबारमार्गको जग्गा, सेक्युरिटी प्रिन्टिङ प्रेस र बाँस्कोटा अडियो टेप, टेलिकमको फोरजी प्रकरण, रेलको ठेक्कालगायतमा अख्तियारले अनियमिततामा संलग्नलाई नै सहजीकरण गरिदिए ।

राज्यको दोहोरो सुविधा पनि छाडेनन्

भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने मुख्य जिम्मेवारी बहन गर्नुपर्ने व्यक्तिले राज्यको दोहोरो सुविधा लिए । प्रमुख आयुक्त घिमिरेले अवकाश प्राप्त कर्मचारीका रूपमा मासिक ३७ हजार ५२१ रुपैयाँ पेन्सन लिए । घिमिरे पूर्वसचिव पनि हुन् । घिमिरेले आयुक्त हुँदादेखि नै पेन्सन सुविधा लिँदै आएका थिए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको हैसियतमा राज्यबाट प्राप्त सुविधा पनि नियमित रूपमा लिए ।

तपाइको प्रतिक्रिया
(Visited 261 times, 1 visits today)

epaper

ताजा समाचार

उद्धारमा खटिने सशस्त्रका कर्मचारीलाई मासिकरूपमा तलबको १५ प्रतिशत भत्ता र खटिएको दिनमा ५ सय उच्च जोखिम भत्ता