वैशाख यता विपद्का १८ सय ५२ घटना

काठमाडौं । गत वैशाख देखि ५ असोजसम्मको अवधिमा देशभर १ हजार ८ सय ५२ वटा विपद्का घटना भएका छन् ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको सोमबार साँझसम्मको तथ्यांकअनुसार वैशाखयता घटेका विपद्का घटनाबाट देशभर ४ सय ३३ जनाले ज्यान गुमाउनुपरेको छ । ती विभिन्न घटनामा परी १ सय १ जना बेपत्ता छन् ।

बाढीपहिरो चट्याङ लगायतका घटनाबाट सो अवधिमा ७ सय ३८ जना घाइते भएका छन् । यसबीच देशभर गरी ७३ करोड ९४ लाख २८ हजार २ सय १० रुपैयाँ बराबरको अनुमानित क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको हो ।

यसअवधिमा ५ हजार ७ सय ८४ घर परिवार ती विभिन्न घटनाबाट प्रभावित भएका छन् । त्यस्तै, १ हजार २ सय २३ घर पूर्ण रुपमा क्षति भएको छ भने २ हजार ८ सय ४० घरमा आशिंक क्षति पुगेको छ ।

मनसुनयता ३ सय १ को मृत्यु
मनसुन सुरु भएको समय ३० जेठदेखि ५ असोजसम्मको १ सय १ दिनको अवधिमा १ हजार ९२ वटा घटना भएको तथ्यांकले देखाउँछ । यस अवधिमा मात्रै विपद्का घटनाबाट देशभर ३८ करोड ४७ लाख ४५ हजार ६ सय ५० रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । ३ सय १ जनाको ज्यान गएको छ भने ६९ जना अझै बेपत्ता छन् । ४ सय जना घाइते छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले अनुमानित क्षति तत्कालको प्रारम्भिक विवरणमा प्राप्त तथ्यांकमा आधारित रहेको जानकारी दिए । उनका अनुसार सुरुमा प्राप्त अनुमानित क्ष्ती र हालको विवरण भने फरक हुन् सक्नेछ ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार मनसुन सुरु भएयतामात्रै ६० जिल्लामा भएका विपद्का घटनाबट ४७ लाख ४५ हजार ६ सय ५० रुपैयाँबराबरको अनुमानित क्षति भएको हो । केन्द्रको तथ्यांकअनुसार यस अवधिमा देशभर २ हजार ५४ घरपरिवार प्रभावित भएका छन् भने ८ सय ७२ घर पूर्ण तथा ३ सय १६ घरमा आशिंक क्षति पुगेको छ ।

सिन्धुपाल्चोकमा बढी क्षति
यस वर्षको मनसुनमा सबैभन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोकले व्यहोरेको छ । सिन्धुपल्चोकमा यस वर्षको मनसुन सुरु भएयता ५६ जनाले ज्यान गुमाएको गृह मन्त्रालयको तथ्यांकले देखाएको हो । सिन्धुपाल्चोकपछि चालु वर्षको मनसुनमा मानवीय क्षति बढी व्यहोर्ने जिल्ला म्याग्दी र कालिकोट हुन्् । म्याग्दीमा २९ र कालिकोटमा २८ जनाले ज्यान गुमाएका छन् ।

त्यसपछि तनहुँमा १४, जाजरकोटमा १२, कास्की, दार्चुला र गुल्मीमा १०÷१०, पर्वत, बझाङ, अछाममा ९÷९, बाग्लुङमा ८, सप्तरीमा ७, बाजुरामा ६, डोटी, पाल्पा, धादिङ, स्याङ्जा र रुकुम पश्चिममा ५÷५ जनाको मनसुनबीच भएका विपद्का घटनामा ज्यान गएको राष्ट्रिय आपतकालीन केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 296 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी