सम्झनाका हत्यारालाई फासीको माग गर्दै कालिकोटमा विरोध प्रदर्शन

कालिकाट । बझाङको मष्टो गाउँपालिका –२ की १२ बर्षीया बालिका सम्झना कामीलाई बलात्कार गरी हत्या गर्ने हत्यारालाई फासीको माग गदै कालिकोटमा विरोद्ध प्रर्दशन गरिएको छ । लिंगाशैनी युथकलवका अध्यक्ष हिक्मतजंग मल्लको नेतृत्वमा युवाहरुले हातहातमा सम्झनाको फोटो र प्यालेकाड बोकेर हत्यारालाई फासी दे भन्दै सदरमुकाम मान्म बजारमा विरोध प्रर्दशन गरेका हुन् ।

विरोध प्रर्दशन पछि मान्मको प्रतिमा चोकमा कोणसभा गरी नेता मल्लले बालिका सम्झनाका हत्यारालाई तत्काल अनुसन्धान गरी फासीको सजाय हुनु पर्ने बताए । उनले भने, ‘१४ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता अझै नलागेको अवस्थामा, फेरी बझाङमा १२ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरिनु सरकारकै कमजोरी भएको बताए । निर्मला पन्तका हत्यारा पत्ता लगाएको भए सम्झनाको हत्या नहुने बताए । उनले सम्झनाको हत्यागर्ने हत्यारालाई उन्मुक्ती दिएका फेरिपनि सडकमा आगो बाल्ने चेतावनी दिए

प्रहरीका अनुसार सम्झनाको शरीर भरी निलडाम र टाउकोमा चोट रहेको बताइएको छ । बझाङका प्रहरी प्रमुखका अनुसार सम्झनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । विस्तृतमा रिपोर्ट आउन बाँकी छ । प्रारम्भिक रिपोर्टमा बलात्कार खुल्न आएको बताए । उनका अनुसार, सम्झना ब्धार साझ साढे ५ वजे घरबाट गाईगोरु गोठमा बाँध्न निस्किएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

epaper

ताजा समाचार

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर