सलमानले क्वारेन्टाइनबाट राधेको छायांकन सक्दै

मुम्बई । बलिउड अभिनेता सलमान खान यतिबेला आफ्नो फिल्म राधेको सुटिङ तयारीमा छन् । यो फिल्मको छायांकन क्वारेन्टाइनमा बसेर उनले सम्पन्न गर्ने भएका छन् । फिल्मको छायांकन पूरा नभएसम्म सलमानसहित सबै कलाकार प्राविधिकले बाहिरी व्यक्तिहरूको सम्पर्कमा रहने छैनन् । उनीहरूले क्वारेन्टाइनमा बसेर यो फिल्मको छायांकन सकेपछि बाहिरी व्यक्तीको सम्पर्कमा आउने भएका छन् ।

फिल्मका लागि सबै सेट तयारी भएकाले अब शुक्रबारबाट उनी राधेको छायांकनमा जोडिने भएका छन् । बलिउडमा अक्षय कुमार, सञ्जय दत्त, आयुष्मान खुरानासहित थुप्रै कलाकार अहिले फिल्मको छायांकनमा व्यस्त छन् । यही क्रममा सलमान खान पनि नयाँ फिल्म राधेको छायांकनमा जोडिन लागेका हुन् ।

केही दिनअघि यो फिल्मको छायांकन गर्न लागिएकोमा कोरोनाको संक्रमण फेरि बढेपछि काम रोकिएको थियो । तर, अब पूर्ण सुरक्षित भएर फिल्मको छायांकन सुरु गर्न लागिएको सलमानले बताएका छन् । उनका अनुसार सबै कलाकार र प्राविधिकलाई सुरक्षित राखेर छायांकन सुरु गरिने भएको छ ।

यसअघि ७० प्रतिशत छायांकन सम्पन्न भइसकेको राधेको अब बाँकी सुटिङ १५ दिनमा सक्ने लक्ष्य अभिनेता सलमानको छ । अहिलेको अवस्थामा केही सुरक्षा अपनाउनुपर्ने भएकाले विगतको भन्दा छायांकन सक्न केही दिन बढी समय लाग्न सक्ने पनि उनको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

धनगढी उपमहानगरले गर्‍यो फोहोर व्यवस्थापनलाई औपचारिक पाठ्यक्रममा समावेश