पेरिस । स्पेनिस खेलाडी राफल नाडालले इतिहास रच्दै १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।
पेरिसमा गएराति भएको फाइनलमा विश्व नम्बर १ नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन् । फाइनलमा सर्बियन जोकोभिचलाई ६–०, ६–२ र ७–५ को संघर्षपूर्ण खेलमा हराए । दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् ।
जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल बने नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी हुन् । नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए । ३४ वर्षीय नाडालको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि हो ।
यो जीतसँगै नाडालले स्विस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।
महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छिन् । फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् । १९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो ।






