दैलेख सदरमुकामका होटल, रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

दैलेख । जिल्ला पशासन कार्यालय दैलेखले जिल्ला सदरमुकामका होटल चियानास्ता पसल र रेष्टुरेन्ट वन्द गर्न निर्देशन दिएको छ । शुक्रवार सुचना जारी गर्दै जिल्ला पशासन कार्यालय दैलेखले होटल चिया नास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न निर्देशन दिएको हो ।

पछिल्लो समयमा जिल्ला सदरमुकाममा कोरोना भाईरसका विरामी बढदै गएपछि सुचना जारी गर्दै पसल,रेक्ष्टुरेन्ट र चियानास्ता,पसल समेत बन्द गर्न सुचना मार्फत जानकारी गराएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । उनले भने, ‘दैलेख बजार क्षेत्रमा कोराना भाईरस पोजेटिभ देखिनेको संख्यामा दिनहुँ बढन थालेपछि सुचना मार्फत होटल पसल,चियानास्ता र रेण्टुरेन्ट बन्द गर्न निर्देशन दिएका हौं ।’

जिल्लाका ११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म १ हजार १७१ जनामा कोरोना पुष्टि भएको छ भने १ हजार १०९ जनाले कोरोनाले जितेर घर फर्किएका छन । कोरोना पुष्टि भएका चार जनाको मृत्यु भईसकेको छ भने ७० जना आईसोलेसनमा बसीरहेका छन् ।

सुचनामा कोरोना भाईरस कोभिड १९ का कारण दैलेख बजार क्षेत्रमा होटल व्यवसाय गर्ने व्यवसायीहरु ठुलो संख्यामा संक्रमित हुँदै गएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि होटल चियानास्ता पसल रेष्टुरेन्टहरु तत्कालको लागि बन्द गरिएको उल्लेख गरिएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथाम,नियन्त्रण र उपचारको लागि कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र जिल्लागत संरचनाको बैठकको निर्णय अनुसार कोरोना संक्रमण पुष्टि भएका व्यवसाय गर्ने व्यवसायी र व्यवसायीको परिवारका सदस्यहरुसँग प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल व्यवसाय र सेवाहरु पुर्ण रुपमा बन्द गर्नुेपर्नेछ । फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सर्तकता मापदण्ड अनिवार्य प्रयोग गर्ने तथा अनिवार्य रुपमा व्यवस्था मिलाउनुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

ठाटीकाँध गापाका अध्यक्ष कोरोना पोजेटिभ
त्यसैगरि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । केही दिन अघि गाउँपालिकाबाट जिल्ला सदरमुकाम आएका शाहीलाई सामान्य रुघाखोकी देखिएपछि पिसीआर चेकजाँच गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले जानकारी दिए ।

कोरोना पुष्टि लगतै शुक्रबार बेलुका गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीलाई आईसोलेशनमा लगिएको र अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए । यसअघि गाउँपालिकाका अध्यक्ष जिल्ला सदरमुकामको एक होटलमा बस्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 843 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीमा गठबन्धनका हेमकर्ण पौडेल विजयी