दैलेख । मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार १४ जना घाईते भएका छन् । कर्णाली राजमार्ग सडकखण्डको तल्लो बजार नजिकै ना ३ ख ५५१९ नम्बरको बस दुर्घटना परि बस चालक ललित नेपालीको मृत्यु भएको हो ।
बसको ब्रेक फेल भएर रोकि राखेको भे १ ख २४३२ नम्बरको बसमा ठोकिँदा दुर्घटना भएको प्रहरी चौकी तल्लो डुगेश्वरले जनाएको छ । घाईते मध्ये १० जना सामान्य उपचारपछि घर फर्किएका छन भने गम्भिर घाईते ४ जनालाई थप उपचारको लागि सुर्खेत लगिएको छ ।
त्यसैगरि दैलेख सुर्खेत सडक खण्डको जीरो पोइन्ट हुदै कर्णाली राजमार्ग जोडिने सडकखण्ड खण्डको अन्र्तगत गुराँस गाउँपालिकामा –२ बान्द्रेमा बा ४ ख ६७४१ नम्बर टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु भएका व्याक्तिको सनाखत हुन सकेको छैन ।






