मुख्यसचिव वैरागीलाई कोरोना संक्रमण

काठमाडौं । मुख्यसचिव शंकर बैरागीलाई कोरोना संक्रमण भएको छ । बैरागीले सामाजिक सञ्जाल ट्विटरमा आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले केही दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र आफ्नो ख्याल गर्न आग्रह गरेका छन् ।

वैरागी संक्रमित भएपछि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयको काम प्रभावित हुने देखिएको छ । मुख्यसचिवले मन्त्रिपरिषद् बैठक लगायतका काम कारवाहीमा मुख्यतः प्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीको सचिवालय र मन्त्रालयका सचिव लगायतसँग प्रत्यक्ष संलग्न भई काम गर्नुपर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)

epaper

ताजा समाचार

मोरङमा एकै दिन श्रीमान–श्रीमतिको निधनले गाउँ शोकमा