म अहिले राजीनामा दिन्न : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा नदिने बताएका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन् ।

केही सञ्चारमाध्यममा राजीनामा दिन पर्यो भनेर हल्ला फैलिएको भन्दै प्रधानमन्त्री ओलीले अहिले आफुले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान धकेल्नु हो भने ।

उनले जनताको आवश्यकता र समर्थनले आफु प्रधानमन्त्री भएको भन्दै कुनै हालतमा राजीनामा नदिने स्पष्ट पारे । अस्थिरताको खेती गर्नेहरुले सरकारको जेमा पनि आलोचना गर्ने गरेको भन्दै देशको स्थिरताका लागि आफुले काम गरेको दावी गरे ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती