गोरुले कुल्चिँदा एक बृद्धाको मृत्यु

बैतडी । बैतडीमा गोरुले कुल्चिदा एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलकी ६० बर्षीया जयन्ती भण्डारीको गोरुले कुल्चिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको खेतमा गहुँ छर्ने क्रममा भण्डारीलाई गोरुले कुल्चेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गोरुले कुल्चेर गम्भीर घाइते भएकी बृद्धाको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान