श्रीमतिसंग चिनजानका व्यक्तिबाटै मारिएका थिए हरि खड्का

काठमाडौं । श्रीमतिसंग हिमचिम भएका व्यक्तिकै हालबाट मारिनु पर्ला भनेर कसैले सोचेको हुँदैन । तर, ललितपुर बालकुमारी डेरा गरी बस्ने उदयपुर कटारी नगरपालिका–२ गरास घर भएका हरि खड्का श्रीमतिसंग चिनजान भएका आफ्नै साथीबाटै मारिए ।

३३ वर्षीय हरि खड्काको हत्यामा संलग्न फरार अभियुक्त मकवानपुर गढी गाउँपालिका–१ बस्ने २८ वर्षीय कुमार भन्ने मान कुमार थिङलाई प्रहरीले पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।

२०७६ साउन २८ गते ललितपुर, ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा खड्काको हत्या गरेको अवस्थामा शव फेला परेको थियो । उक्त घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न थिङलाई मकवानपुर गढी गाउँपालिका–१ ठाँटीटोलबाट पक्राउ गरेको हो ।

खड्का र थिङबीच करिब ९ वर्ष अगाडिदेखि मूर्ति बनाउने काम गर्ने क्रममा एकआपसमा चिनजान भएको थियो । खड्काकी श्रीमतीसँग समेत थिङको चिनजान भई मोबाइलमा कुराकानी हुने गरेको खड्काले थाहा पाएपछि उनीहरुबीच बिवाद भएको थियो । २०७६ साउन २५ गते ललितपुर, ललितपुर महानगरपालिका–९ गुहे पोखरीमा खड्कालाई बोलाएर थिङ समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या पश्चात फरार भएको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । घटनामा संलग्न धने भन्ने आरुष थिङ, मृतक खड्काकी श्रीमती विष्णु खड्का, दिपक बम्जन, राम बम्जन र सागर वाइवालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।

थिङलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 202 times, 1 visits today)

epaper

ताजा समाचार

फेरि विवादमा तानिए सशस्त्रका डीआईजी श्रेष्ठ