एजेन्सी । स्मार्टफोनको अत्याधिक प्रयोग गर्नेहरुको बेडरुमको जीवन निरस हुने गरेको छ । सानो स्मार्टफोनको कारण यौन जीवननै बर्बाद हुन पुगेको विभिन्न अध्ययनहरुले देखाएको छ ।
एक अनुसन्धानले यो पुष्टि गरेको हो । अध्ययनले उल्लेख गरे अनुसार सर्वेक्षणमा सहभागी ६० प्रतिशतले स्मार्टफोनको कारण यौन जीवन खल्लो भएको प्रतिक्रिया दिए ।
मोरक्कोमा कासाब्लांकामा रहेको शेख खलीफा बेन जायद इन्टरनेशनल युनिभर्सिटी हस्पिलको सेक्स हेल्थ डिपार्टमेन्टले उक्त कुराको पुष्टि गरेको हो । विभागका अनुसार अध्ययनको क्रममा भेटिएका ६० प्रतिशतले स्मार्टफोनकै कारण आफ्नो यौनजीवन धारासायी बनेको स्वीकारे ।
अध्ययनमा ६०० व्यक्ति सहभागी थिए । यी मध्ये ९२ प्रतिशतले रातीको समय मोबाइल प्रयोग गर्ने गरेको स्वीकारे । यी मध्ये १८ प्रतिशतले बेडरुममा पुगेपछि मोबाइल फोन अफ गर्ने जनाए । यी मध्ये २० देखी ४५ वर्ष उमेर समुहले मोबाइलकै कारण यौनजीवन धारासायी भएको स्वीकारे । त्यति मात्रै हैन सहभागी मध्ये ६० प्रतिशतले फोनकै कारण शारीरिक सम्बन्ध राख्नमा समस्या हुने गरेको बताए ।
इजिप्टमा भएको एक अध्ययन अनुसार दिनमा ४ घण्टा भन्दा बढी मोबाइल चलाउने व्यक्ति शारीरिक रुपमा पनि कमजोर हुने गरेको छ । तर, दैनिक दुईघण्टा मोबाइल चलाउदा कुनै खतरा नहुने उल्लेख छ ।






