काठमाडौँ उपत्यकामा थपिए १०३८ जना संक्रमित

तस्वीर : रासस

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष रहेका छन् ।

थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३