Sunday, May 16, 2021
Home कला ‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

,

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरि जानकारी दिइएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा आर्यन सिग्देल,सलोन बस्नेत,सुमन थापा,नागेन्द्र रिजाल,दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्नेछन् । फिल्मकी हिरोइन चयन भने बाँकी रहेको जनाइएको छ । लक्ष्मण रिजाल कार्यकारी निर्माता रहेको फिल्मलाई भारतीय टेलिभिजन तथा फिल्म उद्योगमा कार्यरत प्रवीण झाले निर्देशन गर्नेछन् । त्यसैगरी ‘डिसेम्बर फल्स’ को छायांकन पनि भारतीय फिल्म उद्योगमा ब्यस्त रहेका छायांकार रबि नायडुले गर्नेछन् । कार्यकारी निर्माता लक्ष्मणले यसपाली अलि फरक तरिकाले काम गर्ने सोचअनुरुप निर्देशक र छायांकार बलिउडबाट चयन गरिएको जानकारी दिए ।

‘डिसेम्बर फल्स’ को कथा बिपीका खनालले लेखेकी हुन् । बिपीका पेशाले नर्स हुन् । कार्यक्रममा बिपीकाको जन्मदिनको अबसरमा निर्माण युनीटले बर्थ डे केक काटेको थियो । फिल्ममा बिरामीको उपचारमा संलग्न नर्सले भोग्नु परेका बिबिध घटना,समस्यासमेत समाबेश हुने बताइएको छ । फिल्मको पटकथा र सम्वाद भने केदार भुसालले तयार पारेका हुन् ।

आफूलाई फिल्मको स्क्रिप्ट एकदमै मन परेकाले अभिनय गर्न तयार भएको अभिनेता आर्यन सिग्देलले बताए । उनले भने,‘यो फिल्मको स्क्रिप्ट र युनीट निकै मन पर्यो । त्यसैले पहिलो मिटिङमै मैले ओके गरें ।’ कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता रामप्रसादले आफूले बिगतमा निर्माण गरेका फिल्मभन्दा ‘डिसेम्बर फल्स’ बिल्कुलै नौलो हुने बिश्वास ब्यक्त गरे । त्यसैगरी, कार्यकारी निर्माता लक्ष्मणले उच्चकोटीको फिल्म निर्माण गर्नका लागि जस्तोसुकै परिस्थिति सामना गर्न पनि आफूहरु तयार रहेको बताए । ‘यसपाली अलि भिन्दै र एकदम उच्चकोटीको फिल्म निर्माण गर्ने प्रयास छ,’ उनले भने,‘त्यसकारण मैले यसपाली निर्देशन गरिनं ।’ उनले आफू यसपटक निर्माताको रुपमा एकदमै दत्तचित्तका साथ फिल्म निर्माणमा लागेको सुनाए । माघ ४ गतेदेखि सुटिङ थालिने फिल्मको निर्मातामा राजकुमार भट्ट छन् ।

चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न फिल्म निर्माण घोषणा कार्यक्रममा उनले ‘डिसेम्बर फल्स’ लाई सर्वाधिक सफलताको शुभकामना ब्यक्त गरे । अध्यक्ष दाहालले कोरोनाका कारण बन्द रहेको फिल्म हल खोल्नका लागि बोर्डले पहल गरिरहेको जानकारी दिदै केही सातामै हल खुल्ने बिश्वास ब्यक्त गरे ।

०७८ सालको साउन १ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मका गीतमा दीपक शर्मा र कोसिस क्षेत्रीको संगीत रहेको छ । फिल्म काठमाडौ र पोखरामा खिचीने बताइएको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनले यसअघि वान डे, कसम, धुँवा यो नशा, कायरालगायतका फिल्म निर्माण गरिसकेको छ ।

(Visited 149 times, 2 visits today)
Loading comments...

आजको समाचार

पेट्रोल र डिजलको मूल्य बढ्यो, अब पेट्रोलको मूल्य प्रतिलिटर १२३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजल, मट्टितेल र हवाई...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

काेराेना संक्रमणबाट पत्रकार कार्कीको निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना सङ्क्रमणका कारण ३४ वर्षको अल्पायुमै निधन भएको छ । गत वैशाख...

‘भेरोसेल’को दोस्रो डाेज लगाउने तालिका यस्ताे छ (सूचीसहित)

काठमाडाैं ।  सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी...

साताका लोकप्रिय समाचार

विवाह भोजमा जाँदा एकै घरका तीन जनाको गयो ज्यान

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई...

बायर्नम्युनिख बुन्डेसलिगा च्याम्पियन

म्युनिख । बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई...

मानव पुँजी असल स्वास्थ्य

दिनदिनैको कोरोना त्रासले आज मानव स्वास्थ्य गम्भीर संकटमा रहेको छ । सबै व्यक्ति, संस्था, निकायको व्यवस्थापकीय कौशलताले मात्र यस्तो विषम परिवेशबाट निकास दिन सक्छ...

झलनाथ खनाल काेराेना जितेर घर फर्किए

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल...

मातृ पूजनको महान् पर्व

  भनिन्छ, ‘मातृदेवो भव’ आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा...

ट्रेन्डिङ

कोरोना संक्रमण जितेर फर्किने एक सय बढी, सप्तरीमा दुई संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका मध्ये एक सय बढी निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नारायणी अस्पताल...

संंवैधानिक नियुक्तिमा भागबन्डा मिलेन, कांग्रेस बैठकमा नजाने

काठमाडौं । भागबन्डा नमिलेपछि आइतबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् । तर देउवाले पार्टीको कार्यक्रमका...

दम्पत्ति हत्यमा संलग्न १४ वर्षपछि पक्राउ

काठमाडौं । १४ वर्षअघि एक दम्पत्तिको विभत्स हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्लाही घर...

एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत १ गते बस्ने भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा...

राति १२ बजे धौलिगंगा बाँध खोलिँदै, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध पुनः खोलिएको छ । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले दिएको जानकारी अनुसार...

बिर्सँदै आफ्नै घोषणापत्र

काठमाडौं । नेकपाको बहुमतको सरकारले साढे दुई वर्ष बिताइसक्दा समेत जनताले विकास, सुशासन र समृद्धिको वास्तविक अनुभूति गर्न पाएका छैनन् । नेकपाका अध्यक्ष तथा...

उदयपुरका सबै स्थानीय तहमा गैंडा सिमेन्ट प्रयोग गरिने

उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) को उत्पादन गैंडा सिमेन्टको बजार निजी सिमेन्ट कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले बजार खुम्चँदै गएको महसुश गर्दै मूल्य समायोजन...

डिसि क्षेत्रमा कर्फ्यु, सांसदलाई सुरक्षित स्थानमा सारियाे

 अमेरिका । अमेरिकी संसद भवनमा बुधवार तनावपूर्ण अवस्था सिर्जना भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित हजारौं प्रदर्शनकारीहरूले संसद भवनभित्र प्रवेश गरी उच्छृंखल गतिविधि...

राप्ती प्रादेशिक अस्पतालका दुई स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना पुष्टि

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा थप २ जनासहित ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा...

नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो ।...

बेपत्ता दम्पत्ती खोज्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन

सप्तरी, राजविराज । लामो समयदेखी वेपता महोतरी जिल्ला निवासी एक झा दम्पतीको अवस्था पत्ता लगाउन विहिवार यहाँ ब्राहमण समाजका अगुवाहरुले गृह मन्त्रीलाई ज्ञापन पत्र...

नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनले पछिल्ला वर्षमा आपसी सम्बन्धलाई बलियो बनाउँदै विभिन्न क्षेत्रमा सम्बन्धलाई नयाँ उचाइमा लान पु-याउन सक्षम भएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)