प्रधानमन्त्री ओली पूर्वी जिल्लाहरुको भ्रमणमा

फाइल फोटो ।

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला र घुन्सा जाँदैछन् । प्रधानमन्त्री ओलीले ओलाङचुङगोला नाका अवलोकन, सीमा सुरक्षा पोस्टको निरीक्षणका साथै घुन्सा फाउन्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गर्नेछन् ।

फक्ताङलुङ गाउँपालिक–६ लेलेप घुन्सालाई नमुना गाउँ घोषणा साथै घुन्साबासीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको घुन्सा फाउन्डेसनकी अध्यक्ष याङजुम शेर्पाले जानकारी दिए । प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई आउने कार्यक्रम छ ।

सदरमुकाम फुङलिङबाट तीन दिन पैदल दूरीमा पर्ने घुन्सामा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सांसद, गाउँपालिका तथा नगरपालिका प्रमुख, उप–प्रमुख, पार्टी कार्यकर्तालगायतको उपस्थिति भइसकेको छ ।

प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै जाने कार्यक्रम थियो । पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते स्थगित भएको थियो । ताप्लेजुङको कार्यक्रमपश्चात प्रधानमन्त्री ओली इलामको जौबारी जाने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जनताको दिमाग कब्जा !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने