जनताको दिमाग कब्जा !

म आफू युवा हुँदा अर्थात् २०३५–३६ सालदेखि २०४०–४२ सालबीचको थोरै अनुभव उल्लेख गर्दै छु । युवा अवस्थाको जोश र त्यसमाथि पञ्चायतविरोधी मानसिकता ! राजाप्रति एकप्रकारको घृणा नै थियो । साँच्चै भन्ने हो भने हामी जस्ताको जमातको अधिकांश समय नै राजा र पञ्चायतविरुद्ध विष बमन मै खर्च हुन्थ्यो । अहिले सम्झिँदा हाम्रा त्यस्ता बहस र बोलीहरू कतिपय जायज हुन्थे भने कतिपय फगत भावावेश र उत्तेजनाको परिणाम थियो । जे होस्, चिया पसल र कफी सपलगायत सार्वजनिक थलोहरूमा पञ्चायत र राजाको आलोचना गर्नु हाम्रो नियमितजस्तै दिनचर्या नै थियो । समूहमा बसेर गफ र बहस हुँदा कोही थोरै बोल्ने हुन्थे, कोही फगत उक्साउने हुन्थे भने कोहीचाहिँ बढाइचढाइ बोल्ने हुन्थे । मेरो स्वभावैले होला म अलि उग्र रूपमा प्रस्तुत हुनेमै पर्थें ।

कालान्तरमा समूहका साथीभाइहरू यताउता हुन्थे । केहीले प्रहरी सेवा र सेनामा समेत प्रवेश पाए । सुरक्षा अंगको अधिकृतमा छानिएका ती मित्रहरू डेढ दुई वर्षे तालिममा जान्थे । स्वाभाविक रूपमा सेनाको सेकेन्ड लेफ्टिनेन्टको जागिर प्रवेशको तालिम निकै कठोर र कठिन हुने नै भयो । त्यो अत्यन्तै कठिन तालिम पूरा गरेपश्चात् उनीहरूको पोस्टिङ हुन्थ्यो । तालिम पूरा गरेर फर्केपश्चात् ती मित्रसँग हाम्रो पुनः भेट हुन्थ्यो । तर, ती नयाँ जागिरे अधिकृतहरूको व्यवहार र स्वभावमा ठूलो अन्तर देखापर्ने गथ्र्यो । तिनीहरू पहिलाजस्तो घुलमिल हुन गाह्रो मानेको अनुभव हुन्थ्यो । सँगै हुँदा पनि सकभर कम बोलेको अनुभव हुन्थ्यो । तर, बाँकी हामी त उस्तै हुन्थ्यौं । उही उग्रता र जोश ! चियाको टेबलमा राजालाई गाली गर्ने हाम्रो बानी यथावत चालू रहन्थ्यो । तर, सैनिक अधिकृत बनेका हाम्रा पुराना मित्रहरूलाई निकै नै असहज भएको स्पष्ट महसुस हुन्थ्यो । तर, हामी रोकिन्नथ्यौं !

कुरै कुरामा एक दिन त्यस्तै एक जना सैनिक अधिकृतलाई मैले सोधें, ‘हाम्रो कुराले तिमीहरूलाई अप्ठ्यारो हुन्छ हो ?’ ती मित्र व्यक्तिगत रूपमा मसँग अलि बढी नै नजिक थिए । सायद त्यसै भएर होला उनले खुलेरै भने, ‘अप्ठ्यारो मात्र होइन, असह्य नै हुन्छ ।’ एकक्षण त झसंगै हुनु स्वाभाविक थियो । वर्षौं अघिदेखि हाम्रो व्यवहार र बोली उस्तै थियो, कुनै फरक थिएन । ती मित्रहरू पनि उसबेला त बहस वादविवादमा खुलेरै भाग लिन्थे । कतिपयको पारिवारिक पृष्ठभूमिका कारण राजा वा पञ्चायतप्रति थोरै नरम भए पनि हामीसँग वैरभाव हुने तहमा असहमति त जनाउँदै जनाउँदैनथे । अहिले एक्कासि के परिवर्तन भयो ? हामीलाई बुझ्न कठिन थियो । थोरै कौतुहल र जिज्ञासापछि ती मित्रले थप्दै गरेको व्याख्या यस्तो थियो ।

दिमाग कब्जाको सुनियोजित खेल अहिले चलेको छ त ? जवाफ हो– छ । गत आमनिर्वाचनमा चितवनको एक निर्वाचन क्षेत्रमा अत्यन्तै झिल्के र्‍यापरले बेरेको एउटा ‘सबै खाले बिरामीको दबाई’ भनिएको वस्तु बजारमा देखाप-यो । मुलुकका विभिन्न क्षेत्रमा त्यही झिल्के र्‍यापरलाई देखाउँदै भनियो यी पनि त्यस्तै औषधि हुन्

‘तिमीहरूको ठाउँमा अरू कोही भए त पिटाइ खाने सम्भावना बलियो थियो, तिमीहरू नै भएर र त्यो पुरानो गाढा सम्बन्धका कारण मन मारेर नियन्त्रण गर्छौं, असह्य भएपछि हामी हट्ने गर्छौं, तिमीहरूले याद गरेका छैनौ र ?’ वास्तवमा प्रायः ती साथीहरू हाम्रो बहस र विवाद चरममा पुग्नेबेला ‘काम छ’ भन्दै निस्कने गर्थे । उनीहरूलाई त्यस्तो असह्य अवस्था किन आइपर्छ त भन्ने विषयमा ती मित्रले बताएका कारण हाम्रा लागि अनौठो लाग्ने कुरो थियो । ती मित्रका अनुसार सैनिक अधिकृतको डेढ वर्षे तालिम फगत शारीरिक तालिम मात्र होइन । त्यो त मानसिक तालिम पनि हो रे र उनकै भाषामा त्यो ‘ब्रेन ट्युनिङ वा वासिङ’ पनि हुन्छ रे । हरेक दिन राजाको तस्बिर देखाउँदै अत्यन्तै प्रभावकारी ढंगको भाषण सुनाइन्छ र राजाको कीर्तिगान र यशगाथा सुनाइन्छ । सुन्दा सुन्दा डेढ वर्षमा उनीहरूको दिमागमा राजाको छवि कुनै आराध्य भगवान्को बन्न पुग्छ । अब आस्था भएको भगवान्का विरुद्ध कसैले बोल्यो भने त्यस्ताका विरुद्ध जाइलाग्नु नै भक्तको धर्म हो भनेजस्तो मान्यताले दिमागलाई ओगटिसकेको हुँदो रहेछ । राजाप्रति आस्थाको हदसम्म भक्ति गर्ने मानव तयार भइसकेको हुँदो रहेछ अर्थात् ती नयाँ अधिकृत भनेको दिमाग पूरा कब्जा भएका राजाप्रति पूर्ण वफादार प्राणी हुन्थे । यही प्रक्रिया हो दिमाग भुटाइ अर्थात् ब्रेन वासिङ !

सैनिक अधिकृत मित्रको त्यो वर्णन सुनेपछि झसंग हुनु स्वाभाविक थियो । ‘राजाको सेना’ भन्ने सुनेकै थियौं र वफादार सेनाकै आडमा राजा टिकेको छ भन्ने पनि लगभग बुझेकै थियौं । आजचाहिँ व्यक्तिगत रूपमा त्यस्तो वफादार सेना कसरी बन्यो भन्ने अन्तरकथा पनि बुझ्यौं । ब्रेन वासिङ अर्थात् दिमाग भुटाइ भन्ने के हो भन्ने हाम्रा सामु खुलस्त भएको थियो । हिटलरले ग्लोएबेलको प्रचारतन्त्रका माध्यमबाट नाजी राष्ट्रवादको पक्षमा जर्मन नागरिकको दिमाग कब्जा गरेको कथा हामीलाई थोर बहुत थाहा थियो । चीनमा माओको देवत्वकरणमा यस्तै दिमाग कब्जा प्रविधि सुनियोजित ढंगले प्रयोग भएको छ भन्ने गाइँगुइँ पनि सुनिएकै थियो । नेपालमै पनि भारतको विरोध गर्दै नेपाली हुनुको अर्थको अनौठो व्याख्या जोडतोडले प्रचारमा थियो र राजाको छवि महान् राष्ट्रवादीका रूपमा प्रतिस्थापित गरिएको थियो । आमप्रचारका सामग्रीको माध्यमलाई प्रयोग गरेर हिटलरदेखि नेपालका शासकसम्मले आमजनताको दिमाग भुटाइको अस्त्र नै प्रयोग गरेका थिए । तर, सशस्त्र हतियारधारी सेनालाई त सुनियोजित तालिमकै माध्यमबाट दिमाग भुट्ने काम हुँदो रहेछ । हामीलाई लाग्यो सेना भनेको त राजाको व्यक्तिगत रूपमा अन्ध वफादार समूह हो र यसलाई तोड्न असम्भव छ । अन्ततः दिमाग कब्जा गरिएको सेनाको सिर्जनाले परिणाम के ल्यायो ? यसका ’boutमा अन्त्यमा आउँला ।

यस्तो दिमाग कब्जाको सुनियोजित खेल अहिले चलेको छ त ? जवाफ हो– छ । गत आमनिर्वाचनमा चितवनको एक निर्वाचन क्षेत्रमा अत्यन्तै झिल्के र्‍यापरले बेरेको एउटा ‘सबैखाले बिरामीको दबाई’ भनिएको वस्तु बजारमा देखाप¥यो । मुलुकका विभिन्न क्षेत्रमा त्यही झिल्के र्‍यापरलाई देखाउँदै भनियो यी पनि त्यस्तै औषधि हुन् । चितवनमा त निर्वाचन क्षेत्रभित्र साबिक कालिका गाविसको १, २ र ३ मा बेच्ने प्रयास नगर्ने र अन्य ठाउँमा मात्र बेच्नेसम्मको निर्णय गरियो । यो प्रयोग थियो । झिल्के र्‍यापरकै भरमा तोकिएको ठाउँमा सोचेजस्तै बेच्न सकिन्छ कि सकिन्न त भन्ने प्रयोग थियो त्यो । खास दबाई नदेखाउने र र्‍यापर मात्र देखाउने गरियो र त्यही र्‍यापरको हंगामादार प्रचार गरियो, ह्वाट्सएप विश्वविद्यालयको बजार विभागको संयोजनमा । अन्य क्षेत्रमा त त्यही र्‍यापरकै नाममा कहिल्यै नाम नसुनेका उत्पादनसमेत बिक्री गर्ने प्रयास भयो । ६ वटा सामान बिक्री भयो, १४ वटा बोनस प्राप्त भयो । ह्वाट्सएप विश्वविद्यालयका निर्देशकलाई राम्ररी थाहा भो जनताको दिमागलाई कति कब्जा गर्न सकिन्छ । बिक्री भइसकेको र्‍यापरभित्र नक्कली सामान भएको सिद्ध भयो । त्यस्तो प्रतिकूल अवस्थामा पनि जनताको दिमाग थप कब्जा गर्ने रणनीति बनाइयो । झिल्के र्‍यापरलाई अझै नेपाली झन्डाको रङले मोडेर भित्रको सामानलाई सक्कली सिद्ध गर्ने र पहिला छोडेको कालिकाका वडाहरू पनि समेट्ने निर्णय भयो । तनहुँमा चाहिँ त्यही र्‍यापरमा बेरेर बिदेशबाट आयातित नेपाली चकलेट भन्दै अर्को सामान बेच्ने प्रयास भयो । दुवै ठाउँमा पहिलाभन्दा राम्रो परिणाम आयो । बारामा अपेक्षाकृत बिक्री भएन । ह्वाट्सएप मार्केटिङ ग्रुप तराई–मधेसका लागि अर्कै रणनीति बनाउँदै होला ! हाल आएर इलामतिर फेरि कोसिस हुँदै छ । यसपटक सामान नक्कली हो भनेर नियतबस स्वयं ह्वाट्सएप ग्रुपले बताइदिएको छ र र्‍यापर कति राम्रो छ हेर, त्यसो भएर खरिद गर भन्दै छ । ह्वाट्सएप ग्रुपको मार्केटिङ टोली दिमाग कब्जा यन्त्रले र्‍यापर मात्रै भए पनि जयजयकार गर्दै लिने कति जनासम्म वफादार ग्राहक तयार हुनसक्दो रहेछ भनेर परीक्षण गर्दै छ । दिमाग कब्जाको प्रयोग त स्थानीय निकायकै निर्वाचनमा सुरु भएको हो र केही सफलता पनि पाएको हो । आमनिर्वाचन र त्यसपछिका प्रयोग त त्यसको विस्तारित रूप मात्र हो ।

यहाँ मैले ‘ह्वाट्सएप ग्रुप’ भन्दैगर्दा धेरै जना अलमलमा पर्नुभयो होला । मैले ह्वाट्सएप ग्रुप भनेर सामाजिक सञ्जाल र अन्य मिडियालाई भन्न खोजेको हुँ । गत आमनिर्वाचन र त्यसपछिका उपनिर्वाचनमा रवि लामिछाने र उनको जमातको सफलता यही ‘ह्वाट्सएप ग्रुप’को तŒवावधानमा भएको जनताको दिमाग कब्जा अभियानको सफलताको कथा हो । गुदी केही नभएको र फगत कामूक व्यक्तित्व अनि मादक वक्तृत्वलाई सामाजिक सञ्जालका माध्यमबाट मतदाताको दिमाग नियन्त्रणमार्फत कसरी बेच्न मिल्छ भन्ने सफल प्रयोगको कथा हो । सायद यो प्रयोग चरम अवस्थामा पुग्दै छ । व्यक्तिको चरित्र, आचरण र नैतिकता न्यूनतम तहमा हुँदा पनि दिमाग कब्जामार्फत वफादार भक्तहरूको एउटा ठूलो जमात स्थापित गर्न सकिन्छ भन्ने प्रयोगको परिणाम भोलि वा पर्सिसम्म आउने पक्का छ । दोष कसलाई दिने ? दिमाग नियन्त्रण गर्न खोज्नेलाई ? अथवा नियन्त्रित हुनेलाई ? नियन्त्रण गर्नेलाई केही भनौं त्यत्रो शक्तिशाली ! उसले त गर्ने नै भयो ! नियन्त्रित हुने त सायद शिक्षित र युवा होलान् !! बोल्न डर लाग्छ ।

अब फर्कौं सुरुवाततर्फ । दरबारले दिमाग नियन्त्रणमार्फत वफादार सेना तयार ग¥यो त भनियो, तर त्यो वफादार सेनाले साँच्चिकै परेको अवस्थामा राजालाई साथ दियो त ? दिएन नि ! राजशाही खत्तम पारिँदा सेना चुप रहेकालाई मैले साथ नदिएको भनें भन्ठान्नुभो होला ! त्यसो होइन । त्यो त जनउभार थियो । सेनाले जनता मार्ने विकल्प रोज्नै सक्दैनथ्यो । कुरो अर्कै छ । २०५८ जेठमा राजा वीरेन्द्र मारिए । व्यक्तिगत रूपमा वफादार सेनाले किन केही प्रश्न गरेन ? मानिसको मृत्यु हुन्छ, भैगो ! स्वाभाविक उत्तराधिकारी को थियो ? दीपेन्द्र होइन ? ल उनी पनि रहेनन् रे ! के निराजन आउनुपर्ने होइन ? आफूले भगवान् मानेका राजा र उनका स्वाभाविक दुई उत्तराधिकारीहरू एक चिहान हुँदा व्यक्तिगत रूपमा वफादार सेनाले प्रश्न त गर्नुपथ्र्यो नि ! यस सेनाले त कल्पना नगरिएका एक अस्वाभाविक व्यक्तिलाई सलाम पो ग-यो !

हेक्का रहोस्, म यहाँ ज्ञानेन्द्र शाहलाई दोषी घोषित गर्न गइरहेको छैन । धेरैलाई लागे पनि मलाई चाहिँ राजदरबार हत्याकाण्डमा ज्ञानेन्द्र शाह दोषी हुन् भन्ने लाग्दै लाग्दैन किनकि सामान्य भित्तामा कुँदिएको अक्षरसम्म पढ्न नजान्ने व्यक्तिले त्यत्रो षड्यन्त्र बुन्न सक्छन् भनेर म विश्वासै गर्दिनँ । तत्कालीन नेपालमा दरबार, संसदीय शक्ति र विद्रोही माओवादी शक्तिमध्ये कुनै दुई एक ठाउँमा आयो भने तेस्रो सकिन्छ भन्ने लाटोले पनि बुझेको कुरो थियो । माओवादी र संसदीय शक्तिलाई एकैठाउँमा उभिन बाध्य पारेर आफू सिद्धिने पटमूर्खले दरबार हत्याकाण्डजस्तो योजना बनाए भनेर विश्वासै गर्न सकिन्न ।

म फगत वीरेन्द्र वा तत्कालीन बहालवाला राजा र उनका स्वाभाविक उत्तराधिकारीप्रति वफादार भनिएको सेनाले प्रश्नसम्म नउठाएकामा प्रश्न गर्दै छु । सेनाको ब्रेन वासिङ त गरिएछ । तर, ब्रेन वासिङ वफादारिताका लागि भएनछ । कुर्सीमा जो बस्छ (जोसुकै होस्) त्यसलाई सलाम गर्ने हदको ब्रेन वासिङ हुन पुगेको रहेछ भनेर विश्वास गर्नु परेन र ? अहिले पनि ब्रेन वासिङ अर्थात् दिमाग कब्जा भएको छ । तर, त्यसको दिशा अन्तै मोडिने पो हो कि !

तपाइको प्रतिक्रिया
(Visited 147 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमाल गठबन्धनका उम्मेदवार भन्दा झण्डै दोब्बर मतले अगाडि