इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल रहेको स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिए । पिकअपका चालक समेत गम्भिर घाईते भई इलाम अस्पताल ल्याउँदै गरेको राईले जानकारी दिए ।

सोमबार दुर्घटना भएको पिकअप नम्बर समेत थाहा हुन सकेकोे छैन । पिकअप लुम्देस्थित कुलुङ्गे ट्रनिङबाट करिब हजार मिटर तल खसेको राईको भनाई छ ।

समाचार तयार पार्दा सम्म मृतकको नाम समेत खुल्न सकेको छैन । मृतकहरु पिकअपर सब्जी व्यापारीका मालिकहरु रहेको अनुमान गरिएको छ । थप विवरण आउन बाँकी रहेको छ । त्यहाका स्थानीय तथा प्रहरी, जनप्रतिनिधि उदारका लागि घटनास्थल पुगेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्य दूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान