बीवादबीच पोखरेल एआईजीमा बढुवा

काठमाडौं । सरकारले विवादबीच प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
मन्त्रीपरिषदको बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि, संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्णय लत्याउँदै सरकारले पोखरेललाई बढुवा गरेको हो ।
हालै मात्र संगठन संरचना तथा व्यवस्थापन (ओएन्डएम) स्वीकृत गर्दै सरकारले एक जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । रानीपोखरीमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी कायम रहँदै आएकोमा अब भने एआईजी राख्ने निर्णय सरकारले गरेको हो ।
पोखरेलको बढुवासँगै उलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । पोखरेल कार्यरत् महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)मा एआइजी हरिबहादुर पालको सरुवा भएको छ । पाल अपराध अनुसन्धान विभागमा कार्यरत् थिए ।
सरकारले सहसचिव मणिराम गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको बढुवा गरेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

epaper

ताजा समाचार

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य