गरिवका लागि एलिजाले ७७० वटा घर बनाइदिने

काठमाडौं । नायिका एलिजा गौतमले गरिव एवं असहायका लागि मुलुकभर ७७० वटा घर निर्माण गर्ने घोषणा गरेकी छिन् ।

एलिजा फाउण्डेशन स्थापना गरेर सामाजिक काम सुरु गर्ने बताउलै उनले पहिलो चरणमा श्रीमान पत्रकार ऋषिधमलाको गृहजिल्ला धादिङमा ७७ वटा घरहरु निर्माण गर्ने घोषणा गरेकी छिन् ।

‘सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु’ एलिजाले भनिन् ‘यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं ।’
आउँदो चैत ११ गते आफ्नो जन्मदिन पारेर घर निर्माण कार्य सुरु गर्ने एलिजाले बताइन् ।

कथानक चलचित्र ‘अनुराग’बाट अभिनयमा प्रवेश गरेकी एलिजा पछिल्लो समय म्युजिक भिडियोमा सक्रिय छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 169 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वडा नम्बर–१५ बाट एकीकृत समाजवादीको आशा