सात खेलाडी प्रतिभा पुरस्कारबाट पुरस्कृत

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सात खेलाडीसहित १४ जनालाई खेलाडी प्रतिभा पुरस्कारबाट मंगलबार नगदसहित सम्मान गरेको छ । सात खेलाडीमा एकबाहेक सबै गत मंसिरमा नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । सोही अवसरमा २ प्रशिक्षक तथा समान १–१ निर्णायक, चिकित्सक र खेल संघलाई पनि नगदसहित सम्मान गरिएको छ । दुई प्रायोजक पनि त्यसै अवसरमा प्रशंसापत्रबाट सम्मानित भए ।

शारीरिक सुगठनका समीर श्रेष्ठ, भारोत्तोलनका विकास थापा र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ समान ६६ हजार ६ सय ६६ रूपैयाँ नगदसहित सम्मानित भए । समिरले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा रजत तथा नेपालमा भएको १३औं दक्षिण एसियाली शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए । विकासले ८९ केजी तथा सन्तोषीले १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए । समान १–१ लाख नगदसहित सम्मानित हुनेमा गल्फका सुवास तामाङ, साइक्लिङकी लक्ष्मी मगर, करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य छन् । १३औं सागमा डाउनहिल स्पर्धाकी स्वर्ण विजेता लक्ष्मीबाहेक तीनै खेलाडी १३औं सागका दोहोरो स्वर्ण विजेता हुन् । मन्डे, आयशा र सुवासले व्यक्तिगत र टिम स्पर्धामा स्वर्ण जितेका थिए ।

प्रशिक्षकमा करातेका कुशल श्रेष्ठ र तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठ पुरस्कृत भए । दुवै १३ सागमा प्रशिक्षकको भूमिका थिए । १३औं सागमा करातेले १० स्वर्ण, ४ रजत ५ कांस्य तथा तेक्वान्दोले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो । दुवैले समान ५०–५० हजार रूपैयाँ प्राप्त गरे । निर्णायकमा जुडोका धर्मकुमार श्रेष्ठ, चिकित्सकमा डा. ज्ञानेन्द्रविक्रम शाह र राष्ट्रिय खेल संघमा नेपाल गल्फ संघ सम्मानित भए । तीनैले समान १–१ लाख रूपैया प्राप्त गरे । प्रायोजकमा कतार एयरवेज र काठमाडौं महानगरपालिकालाई प्रशंसा पत्रबाट सम्मान गरियो ।

कतार एयरवेजले शहिद स्मारिक ‘ए’ डिभिजन फुटबल लिग प्रायोजन गरेको थियो । काठमाडौं महानगरले महानगरभित्रका ‘ए’ डिभिजन फुटबल क्लबका साथै एन्फाले आयोजना गरेको विद्यालय फुटबल प्रतियोगितालाई आर्थिक सहयोग प्रदान गरेको थियो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठलगायतले उनीहरूलाई खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

तपाइको प्रतिक्रिया
(Visited 463 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित